Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार २५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज पनि विभिन्न स्थानमा भारी वर्षा हुने

- शुभ बिहानी / बिहिबार, असार २५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशकाे विभिन्न स्थानमा चट्याङ र हावाहुरीसहित वर्षाकाे सम्भावना रहेकाे छ । जसका कारण अहिले देशभर साधरणतया बादल लाग्नुका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशकाे पहाडी र हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशका साथै कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे छ ।

महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएकाे छ । त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेकाे छ ।

आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केहि स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे छ भने मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

Page Views: 18
संबन्धित शिर्षकहरु
निरन्तर वर्षाले इलामको राजदुवाली सडक अवरुद्ध, वैकल्पिक मार्गसमेत जोखिममा
काँग्रेसले संविधान संशोधनकोमा आफ्नो धारणा सार्वजनिक गर्ने
नयाँ मुख्यसचिवमा गोविन्द कार्की
ताजा अपडेट
  • निरन्तर वर्षाले इलामको राजदुवाली सडक अवरुद्ध, वैकल्पिक मार्गसमेत जोखिममा
  • काँग्रेसले संविधान संशोधनकोमा आफ्नो धारणा सार्वजनिक गर्ने
  • नयाँ मुख्यसचिवमा गोविन्द कार्की
  • आज पनि विभिन्न स्थानमा भारी वर्षा हुने
  • सुनचाँदीको मूल्य घट्याे
  • ट्राफिक प्रहरीद्वार २ हजार ७६ जना सवारीचालकलाई कारबाही
  • काभ्रेबाट ब्राउन सुगरसहित पाँच जना पक्राउ
  • फिफा विश्वकपकाे क्वाटरफाइनलमा अर्जेन्टिना सहित ८ टिम प्रवेश

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama