नयाँ मुख्यसचिवमा सरकारले गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले असार २६ गतेदेखि लागु हुनेगरी कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्न लागेको हो ।
वर्तमान मुख्यसचिव सुमनराज अर्यालको कार्यकाल आज रातिदेखि सकिने भएकाले सरकारले नयाँ मुख्यसचिवको टुंगो लगाएको हाे । ३० औं मुख्यसचिवका लागि वरिष्ठताका आधारमा चार सचिव क्रमशः किरणराज शर्मा,राजकुमार श्रेष्ठ,गोपालप्रसाद सिग्देल र गोविन्दबहादुर कार्की थिए ।
कार्की पहिले वाणिज्य मन्त्रालय र ल्हासामा तैनाथ रहिसकेका अनुभवी निजामती कर्मचारी समेत हुन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले २०८२ मंसिर ८ गते नियुक्त गरेकाे मुख्यसचिव अर्याल ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जाने भएसँगै कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्न लागिएकाे हाे ।