Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ १२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नुवाकोटमा ५ हजार कफी बिरुवा वृक्षारोपण अभियान सञ्चालन हुँदै

- शुभ बिहानी / शुक्रबार, असार २६, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नुवाकोट जिल्लाको लिखु गाउँपालिका–१ मा बगैँचा ब्लिसको आयोजनामा आगामी जुलाई ११, २०२६ मा ५ हजार कफी बिरुवा वृक्षारोपण कार्यक्रम आयोजना हुने भएको छ ।

पर्यावरण संरक्षण, दिगो कृषि प्रणालीको प्रवर्द्धन तथा स्थानीय समुदायको आयआर्जन अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको यस अभियानले नुवाकोटलाई कफी उत्पादनको सम्भावनायुक्त क्षेत्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कृषक, युवा, सामाजिक अभियन्ता, वातावरण संरक्षणकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहने आयोजकले जनाएको छ। अभियानमार्फत एकै दिन ५ हजार कफीका बिरुवा रोप्ने लक्ष्य राखिएको छ ।

आयोजकका अनुसार यो अभियानले अर्गानिक (प्राङ्गारिक) खेतीको प्रवर्द्धन, दिगो विकास, समुदायमा सकारात्मक प्रभाव तथा हरित भविष्य निर्माणलाई विशेष प्राथमिकता दिएको छ । कफी खेतीलाई प्रोत्साहन गर्दै स्थानीय रोजगारी सिर्जना, बाँझो जमिनको सदुपयोग तथा कृषिमार्फत आर्थिक समृद्धिमा टेवा पुर्‍याउने लक्ष्य पनि कार्यक्रमको रहेको छ ।

कार्यक्रमको मिडिया पार्टनर Charm Riders रहेको छ भने Aarogya र Black Eagle Artisan ले प्रायोजन गरेका छन् ।

“सँगै अघि बढौँ, हरित भविष्य निर्माण गरौँ” भन्ने मूल नारासहित सञ्चालन हुन लागेको यस वृक्षारोपण अभियानले वातावरण संरक्षणसँगै नुवाकोटमा दिगो कृषि र हरियाली प्रवर्द्धनमा नयाँ सन्देश दिने अपेक्षा गरिएको छ । आयोजकले कार्यक्रममा सहभागी भई अभियानलाई सफल बनाउन सबै सरोकारवाला, स्थानीय बासिन्दा तथा वातावरणप्रेमीहरूलाई अनुरोध समेत गरेको छ ।

Page Views: 63
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama