वैदेशिक रोजगारीकाे प्रलाेभनमा परी कराेडाैँ ठगि गर्ने एकजना पक्राउ परेका छन् । वैदेशिक रोजगारीमा क्यानडा पठाइदिने प्रलोभन देखाएर २६ जनाबाट २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको हाे ।
पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–६, स्थायी घर भई हाल काठमाडौँको चन्द्रागिरि नगरपालिका–५, बस्दै आएका ४६ वर्षीय लहानु राम चौधरी रहेकाे प्रहरीले जनाएकाे छ ।
चौधरीले पीडितहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाई क्यानडा पठाइदिने भन्दै रकम असुल गरेर रकम लिएपछि सम्पर्क विहिन भएका थिए । पीडितहरूको सम्पर्कमा नआएका भन्दै पिडितहरुले दिएकाे उजुरीकाे आधारमा उनलाई प्रहरीले पक्राउ गरेको बताइएकाे छ ।