Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार

- शुभ बिहानी / आइतबार, साउन ०३, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

प्रेमिकालाई बोलाइदिन माग गर्दै नेपाल टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार गरिएको छ । सर्लाहीको सदरमुकाम मलंगवास्थित टेलिकमको ८० मिटर अग्लो टावरमा चढेर प्रेमिकालाई बोलाइदिन माग गरेका युवकको सकुशल उद्धार गरिएको हाे ।

आज बिहान जिल्लाकाे गोडैता नगरपालिका–९, बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसेन नेपाल टेलिकम कार्यालय परिसरभित्र रहेको टावरमा चढेका थिए । टावरमा चढेपछि उनले आफ्नाे साथीलाई फोन गरी आफू टावर माथि रहेको जानकारी दिएपछि घटनाबारे प्रहरीलाई जानकारी गराइएकाे थियो ।

सर्लाहीका प्रहरी प्रमुख एसपी रवीन्द्रनाथ पौडेलका अनुसार बिहान साढे ५ बजे घटनाको जानकारी प्राप्त भए लगतै प्रहरी तत्काल घटनास्थलमा परिचालन गरि उद्धार अभियान सुरु गरेको थियो । मानसिक तनावमा रहेका हुसेनलाई परिवारका सदस्य तथा सुरक्षाकर्मीले निरन्तर सम्झाइ–बुझाइ गरेपछि उनी बिहान पाैने ९ बजे टावरबाट तल झरेका थिए ।

उद्धारपछि उनलाई आवश्यक स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्शका लागि स्वास्थ्य संस्थामा पठाइएको र घटनाका कारण केही समय नेपाल टेलिकम कार्यालय परिसरमा स्थानीयवासीको भीड लागेको थियो । सुरक्षाकर्मी, परिवारका सदस्य र स्थानीयको प्रयासबाट कुनै अप्रिय घटना हुन नदिई युवकको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

Page Views: 55
संबन्धित शिर्षकहरु
सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
ताजा अपडेट
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
  • बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
  • कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama