Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स

- शुभ बिहानी / आइतबार, साउन ०३, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

प्रिमियम छाला तथा केश स्याहार ब्राण्ड लोयर लण्डनले नेपालमा आफ्नो पहिलो ब्राण्ड दूतका रुपमा कथा क्रियसन्सलाई सार्वजनिक गरेको छ । हिजो काठमाडौंको नयाँ बस्तीस्थित मेलुङ मार्टमा आयोजित पत्रकार भेटघाटमा कम्पनीले सो घोषणा गरेको हो ।

त्यसक्रममा कम्पनीले आफ्नो ब्राण्ड, उत्पादनको गुणस्तर, नेपाली बजार विस्तारको योजना तथा कथा क्रियसन्ससँगको सहकार्यबारे जानकारीसमेत गरायो । कम्पनीका व्यवसाय प्रमुख राजन उप्रेतीले लोयर लण्डन अन्तर्राष्ट्रियस्तरको प्रिमियम छाला तथा केश स्याहार ब्राण्ड भएको जनाउँदै विगत चार महिनादेखि नेपाली बजारमा आफ्ना उत्पादनको प्रवर्द्धन र वितरण गरिरहेको बताए ।

उनका अनुसार उत्पादनको सूत्र (फर्मुलेसन) बेलायतको लण्डनमा तयार गरिएको हो भने उत्पादन भारतमा हुँदै आएको छ । हाल कम्पनीसँग ४५ भन्दा बढी प्रिमियम उत्पादन रहेको र ती नेपालसँगै भारत, मौरिसस तथा बेलायतका बजारमा उपलब्ध रहेको उनको भनाइ छ ।

सेरम, फेसवास, फेस मोइस्चराइजर, सनस्क्रिन, स्याम्पु, कन्डिसनर, फेस मास्क, स्क्रब, फेस क्रिम, नाइट क्रिम, डे क्रिम, टोनर, क्लिन्जर, हेयर सिरम तथा अन्य छाला र केश स्याहारसम्बन्धी उत्पादन बजारमा ल्याएको लोयर लण्डनले गुणस्तर र प्रभावकारिताका कारण उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको दाबी गरेको छ ।

कथा क्रियसन्सका संस्थापक सम्राट अधिकारीले आफ्नो टोली विगत दुई वर्षदेखि सिर्जनात्मक डिजिटल सामग्री निर्माणमा सक्रिय रहेको बताए । उनले हालसम्म सात सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डसँग सहकार्य गर्दै दुई हजारभन्दा बढी भिडियो तथा डिजिटल सामग्री निर्माण गरिसकेको जानकारी दिए ।

उनका अनुसार कथा क्रियसन्समा सम्राट अधिकारी, अनिस सिन्जाली मगर, रश्मि श्रेष्ठ, सृष्टि सुब्बा तथा अच्युत गुराँगाई आबद्ध छन् । कार्यक्रममा कलाकार तथा लेखक अच्युत गुराँगाईले नेपालमै रहेर सिर्जनात्मक क्षेत्रमा अवसर सिर्जना गर्न सकिने बताए । उनले सरकारी तथा गैरसरकारी निकायका लागि वृत्तचित्र, प्रचारात्मक तथा सिर्जनात्मक भिडियो निर्माण गर्नुका साथै कन्टेन्ट क्रियसनसम्बन्धी तालिम सञ्चालन गर्दै आएको पनि बताए ।

कम्पनीले आगामी दिनमा नेपालभर बजार विस्तार गर्दै अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय छाला तथा केश स्याहार उत्पादन सहज रुपमा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ । सञ्चारमाध्यम, कलाकार तथा सिर्जनात्मक क्षेत्रसँग सहकार्य गर्दै नेपाली उपभोक्तामाझ विश्वासिलो ब्रान्डका रूपमा स्थापित हुने कम्पनीको प्रतिबद्धता छ ।

पत्रकार भेटघाटमा सञ्चारकर्मीसँगै कलाकार, सामाजिक व्यक्तित्व तथा कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागीहरूले कम्पनीका उत्पादन अवलोकन गर्नुका साथै भावी योजना र नेपाली बजारमा यसको सम्भावनाबारे जानकारी लिएका थिए ।

Page Views: 11
संबन्धित शिर्षकहरु
टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
पशुपति क्षेत्रमा सरसफाइ गरियाे
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama