आज बिहान भएकाे फिफा विश्वकप २०२६ को खेलमा साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा भएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेलकाे अत्तिरिक्त समयमा गाेल गर्दै स्पेनले उपाधि जितेकाे हाे ।
अत्तिरिक्त समयमा स्पेनका लागि फेर्रान टोरेजले गोल गरेका थिए । उनले खेलको १०६औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाविरुद्ध एक शून्यको अग्रता लिएका थिए भने त्यसपछि खेलमा दुवै टाेलिले थप गोल गर्न नसक्दा स्पेनले अर्जेन्टिनामाथि १-० गोलको जित हासिल गरेकाे थियाे ।
सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको फाइनलयात्रा तय गरेको थियो भने स्पेनले फ्रान्सलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको थियो ।
खेलको निर्धारित ९० मिनेटको समयमा अर्जेन्टिनाकाे खेलाडी एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित बनेको थियो । यसअघि स्पेनले सन् २०१० मा विश्वकपको उपाधि जितेको थियो भने अहिले २०२६ काे विश्वकप जित्न सफल भएकाे हाे ।