Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, असोज ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ट्राफिक नियम उलंधन गर्ने माथि कडा निगरानी

- शुभ बिहानी / आइतबार, साउन १०, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

ट्राफिक नियम उलंधन गर्ने सवारीसाधन र चालकमाथि कडा निगरानी थालिएकाे छ । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सवारी नियम उलंधन गर्ने माथि निगरानी बढाएको हाे ।

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष चेक जाँचका क्रममा १ हजार २०९ वटा सवारीसाधनका चालकलाई कारबाही गरेकाे छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहानसम्ममा सबैभन्दा बढी तीव्र गतिमा सवारी चलाउने १४३ जना र मादक पदार्थ सेवन (मापसे) गरी सवारी सञ्चालन गर्ने ९६ जना चालकलाई कारबाही गरिएको छ ।

त्यसैगरि नियमविपरीत राइड सेयरिङ गर्ने ५० जना, रातो बत्ती (रेड लाइट) उल्लङ्घन गर्ने ५१ जना र निषेधित क्षेत्रमा हर्न बजाउने ५६ जना चालक कारबाहीमा परेका छन् । त्यस्तै सवारीको यान्त्रिक अवस्था ठीक नभएका ४३, एकतर्फी सडकमा सवारी चलाउने २५ जना र लेन अनुशासन उल्लंघन गर्ने २१ जना चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको कार्यालयले जनाएकाे छ ।

कार्यालयका अनुसार अन्य विभिन्न ट्राफिक कसुरमा ७२४ जना चालक कारबाहीमा परेको बताइएको छ । ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित बनाउन उपत्यकामा नियमित तथा आकस्मिक चेकिङलाई निरन्तरता दिइएको छ ।

Page Views: 62
संबन्धित शिर्षकहरु
सोलुखुम्बुदेखि अमेरिकासम्म : रियलस्टेटमा जितमान बस्नेतको अभूतपूर्व छलाङ
बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दाे
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
ताजा अपडेट
  • सोलुखुम्बुदेखि अमेरिकासम्म : रियलस्टेटमा जितमान बस्नेतको अभूतपूर्व छलाङ
  • बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दाे
  • कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
  • कोशीमा डेंगु संक्रमणको प्रकाेप बढ्दाे
  • एमाले केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे बस्दै
  • इन्द्रजात्राको तयारी तीव्र
  • सुनचाँदीको मूल्य बढ्याे
  • उपत्यकाकाे आधा दर्जन रुटमा २८ वटा विद्युतीय बसमार्फत रात्री सेवा विस्तार

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama