उदयपुरमा पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन बालकको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका–३, हडैयामा पौडी खेल्ने क्रममा डुबेर तीन बालकको मृत्यु भएको हाे ।
डुबेर मृत्यु हुनेमा कटारी नगरपालिका–३, निवासी एकै घरका दाजुभाइ ११ वर्षीय सुमितकुमार दनुवार, ७ वर्षीय सुगमकुमार दनुवार तथा ८ वर्षीय आदित्यकुमार दनुवार रहेकाे प्रहरीले जनाएकाे छ ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उपेन्द्र खरेलका अनुसार हडैयास्थित खहरे खोलामा बाँध लगाउँदा बनेको गहिरो खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा उनीहरू डुबेका थिए ।
पानीमा डुबेका उनिहरुलाई स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि कटारी प्रादेशिक अस्पताल पुर्याइए पनि चिकित्सकले परीक्षणपछि तीनै जनालाई मृत घोषणा गरेका थिए ।
तीनै जना बालकको शव पोस्टमार्टमका लागि कटारी प्रादेशिक अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।