Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, साउन २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ग्यासकाे अभाव नरहेकाले अनावश्यक भण्डारण नगर्न आग्रह

- शुभ बिहानी / बुधबार, साउन २०, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेकाले उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ । निगमका प्रवक्ताद्वारा जारी प्रेस विज्ञप्तिमा असार ३१ गतेको सञ्चालक समितिको निर्णयअनुसार १४.२ केजी क्षमताका एलपी ग्यास सिलिन्डरको बिक्री वितरणको व्यवस्था मिलाइएको जनाइएको छ ।

निगमले अहिले दैनिक मागअनुसार ग्यासको आपूर्ति भइरहेकाले बजारमा ग्यास अभाव नभएको तर ग्यास अभावकाे समाचार तथा जनगुनासोप्रति निगमको ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

निगमका अनुसार १४.२ केजीका सिलिन्डरको बिक्री सुरु भएपछि बजारमा ग्यास अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेकाले सम्पूर्ण ग्यास उद्योगलाई बजारमा सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

निगमले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीलाई प्राथमिकता दिन पनि बिक्रेतालाई आग्रह गरेको छ ।

काठमाडौँ उपत्यकामा उच्च मागलाई मध्यनजर गर्दै निगमले शनिबारदेखि टेकुस्थित कार्यालयबाट नेपाल ग्यास, एलपी ग्यास, एसएच ग्यास, सुगम ग्यास तथा श्रीराम ग्यासका १४.२ केजीका सिलिन्डर बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित उद्योगमार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

ग्यास प्राप्त गर्न समस्या भए निगमको हटलाइन नम्बर ०१–५९७१९०२ (कार्यालय समयभित्र) मा सम्पर्क गर्न पनि उपभोक्तासँग अनुरोध गरेको छ । निगमले एलपी ग्यासको आयात र बिक्री वितरण नियमित रहेको तथा आगामी दिनमा पनि निरन्तर रहने जनाएको छ ।

निगमका अनुसार यही साउन १ देखि १८ गतेसम्म ३१ हजार ८६१ मेट्रिक टन एलपी ग्यास आयात भइसकेको बताउँदै यस अवधिको आयातले आपूर्तिमा कुनै समस्या नरहेकाले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण नगर्न आग्रह गरेको छ ।

 

Page Views: 33
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढेर ३ लाख ७ हजार ९ सय पुग्याे
पहिरोले विद्युतगृह पुरिँदा एक जना बेपत्ता
जाजरकोटमा भूकम्पकाे धक्का
ताजा अपडेट
  • जनकपुरको मौलिक भान्सादेखि अमेरिकासम्म : ‘टेस्ट अफ मिथिला’लाई विश्वमाझ चिनाउँदै शेफ महेश शाह
  • सुनको मूल्य बढेर ३ लाख ७ हजार ९ सय पुग्याे
  • पहिरोले विद्युतगृह पुरिँदा एक जना बेपत्ता
  • जाजरकोटमा भूकम्पकाे धक्का
  • विद्युतीय सवारीका पार्टपुर्जामा भन्सार छुट दिन माग
  • ब्रोड पिकमा निधन भएका तीन नेपालीको शव ल्याइँदै
  • अण्डाको माग बढेसँगै मूल्य पनि बढ्याे
  • प्रतिनिधिसभाको बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama