Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असोज २७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

होटेल तथा रेस्टुरेन्टहरूमा अव्यवस्थित रुपमा हुक्का,चुरोट पिउन नपाइने

- शुभ बिहानी / बिहिबार, साउन २१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौँका होटेल तथा रेस्टुरेन्टहरूमा अबदेखि व्यवस्थित र तोकिएको स्थान बाहेक जथाभाबी हुक्का तथा चुरोट पिउन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै उक्त जानकारी दिएकाे हाे ।

प्रशासनले सूचना मार्फत सम्पूर्ण होटेल तथा रेस्टुरेन्ट व्यवसायीहरूलाई कानुनबमोजिम धुम्रपान क्षेत्रको व्यवस्थापन गर्न कडा निर्देशन दिएको छ । होटेल र रेस्टुरेन्टहरूमा अव्यवस्थित रूपमा धुम्रपान गर्दा धुम्रपान नगर्ने मानिसहरूको स्वास्थ्यमा गम्भीर असर परेको र व्यवसायीहरूले कानुनी व्यवस्थाको पालना नगरेको भन्दै सर्वसाधारणबाट गुनासो आएपछि प्रशासनले यस्तो कदम चालेको हो ।

अबदेखि काठमाडौँका होटेल तथा रेस्टुरेन्टहरूले सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ अनुसार धुम्रपान गर्न मिल्ने र नमिल्ने स्थलहरू प्रस्ट देखिने गरी छुट्याउनुपर्नेछ भने प्रशासनका अनुसार धुम्रपान गर्न मिल्ने गरी तोकिएको स्थान चारैतिरबाट बन्द भएको र त्यसको धुवाँ वा असर बाहिर रहेका अन्य ग्राहकहरूलाई नपर्ने प्रकृतिको हुनुपर्नेछ ।

जिल्ला प्रशासन कार्यालय तथा तोकिएका अन्य अनुगमन निकायहरूले जुनसुकै बेला होटेल तथा रेस्टुरेन्टहरूको अनुगमन गर्ने जनाउँदै अनुगमनका क्रममा कानुनविपरीत कार्य गरेको पाइए सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ को दफा १७ बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित उक्त सूचनामार्फत सम्पूर्ण होटेल तथा रेस्टुरेन्ट व्यवसायीहरूलाई कानुनको पालना गरी व्यवस्थित रूपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको छ ।

Page Views: 73
संबन्धित शिर्षकहरु
राष्ट्रिय राजमार्ग र विभिन्न सडक मर्मतमा तीव्रता
उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थाल्याे
बडादशैँकाे तेश्राे दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
ताजा अपडेट
  • राष्ट्रिय राजमार्ग र विभिन्न सडक मर्मतमा तीव्रता
  • उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थाल्याे
  • बडादशैँकाे तेश्राे दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
  • चार उन्नत जात उखु नेपाललाई हस्तान्तरण
  • उपसभापतिमा चन्द्र, मधु र चौधरी निर्वाचित
  • प्रस्तावित चार राजदूतहरूको संसदीय सुनुवाइ हुँदै
  • आज बडादशैँको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
  • ऐतिहासिक व्यक्तित्वद्वय बिसे र बाङ्गेको सम्मानमा हुलाक टिकट

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama