Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, कार्तिक ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मनकामना मन्दिरमा स्वास्थ्य सहायता कक्ष स्थापना

- शुभ बिहानी / बिहिबार, साउन २१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

प्रशिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्न आउने भक्तजनहरुका लागि मन्दिर परिसरमै प्राथमिक स्वास्थ्य उपचार सेवा उपलव्ध हुने भएकाे छ । मनकामना क्षेत्र विकास समिति र शहिद लखन गाउँपालिकाको संयुक्त साझेदारीमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएसँगै उक्त सेवा उपलव्ध हुने भएकाे हाे ।

प्राथमिक स्वास्थ्य उपचार सेवामा इसिजीसम्मको प्राथमिक उपचार उपलब्ध गराइने तयारी रहेकाे छ । उकत सेवाकाे शहिद लखन गाउँपालिका अध्यक्ष रमेश थापाले एक कार्यक्रमकाबीच प्राथमिक स्वास्थ्य उपचार सेवा कक्षको उद्घाटन गरेका हुन ।

मन्दिर दर्शनका लागि लाइन बस्ने भक्तजनहरुमा आउन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै कक्ष स्थापना गरिएको मनकामना क्षेत्र बिकास समिति कार्यकारी निर्देशक अन्जन बस्न्यातले बताएका छन् । ‘वार्षिक लाखौं भक्तजनहरू मनकामना दर्शन गर्न आउनुहुन्छ’, उनले भने, ‘निरहार लाइनमा बस्दा स्वास्थ्य समस्या भई मृत्यु समेत हुने गरेकाले त्यसलाई मध्यनजर गर्दै कक्ष स्थापना गरेका हौ ।’

उक्त प्राथमिक स्वास्थ्य उपचार सेवामा स्थानीय वृद्ध तथा अशक्तहरुको आकस्मिक उपचार समेत हुने र कक्षका लागि आवश्यक जनशक्ति पालिकाले उपलब्ध गराउने बताइएकाे छ । अन्य व्यवस्थापनको जिम्मा भने समितिको रहने छ ।

प्राथमिक स्वास्थ्य उपचार सेवा कक्षका लागि मेडिकल सामग्री मनकामना दर्शन प्रालिले सहयोग गर्ने र कक्ष संचालनका लागि मासिक रुपमा केही खर्च व्यवस्थापन गर्ने मन्दिर मूल पुजारी इन्सान थापा मगरले प्रतिवद्धता जनाएका छन् ।

Page Views: 69
संबन्धित शिर्षकहरु
दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
आज दुईवटा अध्यादेश जारी
दसैँका लागि नोट साट्दै सर्वसाधारण
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama