ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । अाज बिहान साढे १० बजेकाे समयमा कोटेश्वरबाट ग्वार्कोतर्फ आउँदै गरेको बस फ्लाइओभरको भित्तामा ठोक्किएर दुर्घटना भएको हाे ।
प्रहरीका अनुसार बा २ ख ३५९० नम्बरको बस बिहान दुर्घटनामा परेकाे हो । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार बसमा यात्रा गरिरहेकी अन्दाजी ४० वर्षिय यात्रुको मृत्यु भएको छ भने उनको पहिचान खुलेको छैन ।
घाइते ६ जनालाई बि एण्ड बी अस्पतालमा लगिएको र घाइतेमध्ये २ जना पुरूष र ४ जना महिला रहेकाे प्रहरीले जनाएकाे छ । तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएकाे छ भने गाडीका चालकलाई नियन्त्रणमा लिएको छ ।