Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असोज ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

साउनदेखि लागू भयो सरकारी कर्मचारी र सुरक्षा निकायको नयाँ तलबमान

- शुभ बिहानी / बिहिबार, साउन २१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सरकारले चालू आर्थिक वर्षका लागि वृद्धि गरेको तलब तथा भत्तासम्बन्धी व्यवस्था यही साउन महिनादेखि लागू हुने भएको छ।

मन्त्रिपरिषद्को साउन ६ गते बसेको बैठकले तलब, प्राविधिक ग्रेड तथा प्रोत्साहन भत्तासम्बन्धी निर्णय गरेसँगै नयाँ तलबमान कार्यान्वयनमा आउने भएको हो।

नयाँ तलबमान निजामती कर्मचारीका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरू मा समेत लागू हुनेछ।

सुरक्षा निकायतर्फ सबैभन्दा बढी तलब प्रधानसेनापति ले पाउनेछन्। नयाँ व्यवस्था अनुसार प्रधानसेनापतिको आधारभूत तलब र ग्रेडसहित मासिक ९० हजार ५९४ रुपैयाँ पुगेको छ।

त्यसैगरी रथी ले ८७ हजार ८५ रुपैयाँ, उपरथी ले ८४ हजार ५७६ रुपैयाँ र सहायक रथी ले ८१ हजार २२० रुपैयाँ तलब पाउनेछन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) तथा अतिरिक्त महानिरीक्षक (एआईजी) को तलब समान कायम गरिएको छ।

नयाँ तलबमानअनुसार दुवै निकायका आईजीपी र एआईजीले ८४ हजार ५७६ रुपैयाँ मासिक तलब पाउनेछन्।

यी पदमा समान दुई ग्रेडको व्यवस्था गरिएको छ।

यस्तै, प्रहरी नायब महानिरीक्षक (डीआईजी) को तलब ७३ हजार ७५० रुपैयाँ, वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को ७० हजार ७९४ रुपैयाँ, प्रहरी उपरीक्षक ९एसपी० को ६७ हजार ९२ रुपैयाँ, प्रहरी नायब उपरीक्षक (डीएसपी) को ६२ हजार ५४६ रुपैयाँ तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) को ६० हजार ८७४ रुपैयाँ निर्धारण गरिएको छ।

सरकारले तलब वृद्धिसँगै कर्मचारीको मनोबल उच्च बनाउने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा सार्वजनिक सेवामा दक्ष जनशक्ति टिकाइराख्ने उद्देश्य लिएको जनाएको छ।

Page Views: 64
संबन्धित शिर्षकहरु
नेपाली कम्युनिस्ट पार्टीकाे संयोजन समितिको बैठक बस्दै
पछिल्लो २४ घण्टामा ९७५ सवारी चालक कारबाहीमा
घुससहित समातिएका इन्जिनियरसहित तीन जनाउपर मुद्दा
ताजा अपडेट
  • नेपाली कम्युनिस्ट पार्टीकाे संयोजन समितिको बैठक बस्दै
  • पछिल्लो २४ घण्टामा ९७५ सवारी चालक कारबाहीमा
  • घुससहित समातिएका इन्जिनियरसहित तीन जनाउपर मुद्दा
  • बसमा आगलागीका कारण घाइते चालकको निधन
  • प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै
  • माओवादी हुँ भन्दै चन्दा असुल्ने दुई जना समातिए
  • सोलुखुम्बुदेखि अमेरिकासम्म : रियलस्टेटमा जितमान बस्नेतको अभूतपूर्व छलाङ
  • बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama