Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, असोज ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

संसद्मा प्रश्नको जवाफ नदिने अभिव्यक्तिको आलोचना भएपछि गृहमन्त्री गुरुङले मागे माफी

- शुभ बिहानी / बिहिबार, साउन २१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, राष्ट्रियसभामा सांसदले सोधेको प्रश्नको जवाफ नदिने अभिव्यक्ति दिएका गृहमन्त्री सुधन गुरुङ ले त्यसप्रति माफी मागेका छन्।

मन्त्रीको भनाइप्रति विभिन्न दलका सांसदहरूले आपत्ति जनाएपछि उनले सदनमै आफ्नो अभिव्यक्तिबारे स्पष्ट पार्दै क्षमायाचना गरेका हुन्।

कांग्रेस संसदीय दलकी नेता कमला पन्त प्रस्तावक रहेको विपद् व्यवस्थापनसम्बन्धी प्रस्तावमाथिको छलफलपछि जवाफ दिने क्रममा गृहमन्त्री गुरुङले निर्मला पन्त हत्या प्रकरण अनुसन्धानाधीन रहेकाले त्यसबारे सदनमार्फत टिप्पणी गर्न नमिल्ने भएकाले आफूले जवाफ नदिएको स्पष्ट पारे।

‘निर्मला पन्तको हत्या सम्बन्धमा अनुसन्धानको विषयलाई सदनमार्फत् गर्न मिल्दैन भनेर जवाफ नदिएको हुँ।

नतिजा दिनु ठूलो कुरा हो, अनुसन्धान भइरहेको विषयबारे नबोलौँ भनेको हो, जवाफ दिन नखोजेको होइन,’ गृहमन्त्री गुरुङले भने, ‘मबाट रूखो बोली भएको होला, त्यसका लागि क्षमा माग्न चाहन्छु।’

यसअघि नेकपा सांसद गरिमा शाहले गृहमन्त्रीले संसद्मा प्रयोग गरेको शैली र भाषाप्रति कडा आपत्ति जनाउँदै सरकार संसद्प्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने बताएकी थिइन्।

‘जुन शैली र भाषामा गृहमन्त्रीले आफ्नो धारणा व्यक्त गर्नुभयो, त्यसप्रति साह्रै दुःख र असहमति जनाउँछु। जवाफदेही हुनु सरकारको दायित्व हो,’ सांसद शाहले भनिन्।

कांग्रेस सांसद कमला पन्तले पनि गृहमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै संसद्मा उठाइएका प्रश्नको जवाफ दिनु मन्त्रीको संवैधानिक तथा संसदीय दायित्व भएको धारणा राखिन्।

यसअघि राष्ट्रियसभाको प्रश्नोत्तर कार्यक्रममा गृहमन्त्री गुरुङले निर्मला पन्त हत्या प्रकरण सम्बन्धी उठाइएको पूरक प्रश्नको जवाफ दिन अस्वीकार गर्दै ‘यसको जवाफ दिँदिनँ’ भनेपछि सदनमा विवाद उत्पन्न भएको थियो।

त्यस घटनापछि सांसदहरूले संसदीय मर्यादा र सरकारको जवाफदेहितामाथि प्रश्न उठाएका थिए।

त्यसको भोलिपल्ट गृहमन्त्रीले आफ्नो अभिव्यक्तिप्रति क्षमा माग्दै अनुसन्धानाधीन विषय भएकाले त्यसबारे टिप्पणी नगरेको स्पष्ट पारे।

Page Views: 54
संबन्धित शिर्षकहरु
सोलुखुम्बुदेखि अमेरिकासम्म : रियलस्टेटमा जितमान बस्नेतको अभूतपूर्व छलाङ
बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दाे
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
ताजा अपडेट
  • सोलुखुम्बुदेखि अमेरिकासम्म : रियलस्टेटमा जितमान बस्नेतको अभूतपूर्व छलाङ
  • बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दाे
  • कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
  • कोशीमा डेंगु संक्रमणको प्रकाेप बढ्दाे
  • एमाले केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे बस्दै
  • इन्द्रजात्राको तयारी तीव्र
  • सुनचाँदीको मूल्य बढ्याे
  • उपत्यकाकाे आधा दर्जन रुटमा २८ वटा विद्युतीय बसमार्फत रात्री सेवा विस्तार

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama