Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन २२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेप्से १३.८२ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ६२ करोड

- शुभ बिहानी / बिहिबार, साउन २१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार १३.८२ अंकले घटेर २,६५४.०० बिन्दूमा कायम भएको छ।

दिनभर बजार ओरालो लाग्दा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो।

आज कारोबार भएका ६४ कम्पनीको सेयर मूल्य बढेको, २०२ कम्पनीको घटेको तथा १० कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ। बुधबार ४ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

समूहगत परिसूचकतर्फ व्यापार समूह बाहेक सबै उपसमूह राताम्मे रहे।

व्यापार समूह ०.५९ प्रतिशत ले बढ्दा बैंकिङ ०.८४ प्रतिशत, विकास बैंक ०.३८ प्रतिशत, फाइनान्स ०.१० प्रतिशत, होटल तथा पर्यटन ०.४६ प्रतिशत, जलविद्युत् ०.३८ प्रतिशत, लगानी ०.३० प्रतिशत, जीवन बीमा ०.६७ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.८८ प्रतिशत, माइक्रोफाइनान्स ०.३० प्रतिशत, निर्जीवन बीमा ०.७३ प्रतिशत तथा अन्य समूह ०.२८ प्रतिशत ले घटेका छन्।

कारोबार रकमका आधारमा जलविद्युत् समूह अग्रस्थानमा रह्यो। यस समूहमा २ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यसपछि वाणिज्य बैंक समूहमा ४९ करोड ८२ लाख रुपैयाँ, विकास बैंक समूहमा ३१ करोड रुपैयाँ तथा फाइनान्स समूहमा २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आज अपर लोहोरेखोला हाइड्रोपावर को सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशत ले बढ्यो।

त्यसैगरी कालंगा हाइड्रो को ४.६२ प्रतिशत र सानीगढ हाइड्रोपावर को २.४६ प्रतिशत ले मूल्य वृद्धि भएको छ।

यता, स्नो रिभर फल्स हाइड्रोपावर को सेयर मूल्य ५ प्रतिशत, जोशी हाइड्रोपावर को ४.७० प्रतिशत तथा कृषि विकास बैंक को ३.५० प्रतिशत ले घटेको छ।

कारोबार रकमका आधारमा रिडी पावर, आँखुखोला जलविद्युत्, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर र खानीखोला हाइड्रोपावर सबैभन्दा बढी कारोबार हुने कम्पनीका रूपमा रहेका छन्।

Page Views: 14
संबन्धित शिर्षकहरु
मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु
निगमले विद्युत् प्राधिकरणलाई ११ करोड बढी क्षतिपूर्ति तिर्नुपर्ने
ताजा अपडेट
  • शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
  • भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
  • प्रधानमन्त्री कार्यालयद्वारा चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक, तीन महिनामा ३८४ मन्त्रिपरिषद् निर्णय
  • मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
  • बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
  • राष्ट्रियसभाको बैठक स्थगित, साउन २७ गते बस्ने
  • बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama