Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, असोज ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

थवाङमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँच जना अझै बेपत्ता

- शुभ बिहानी / बिहिबार, साउन २८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, अविरल वर्षापछि रोल्पाको थवाङ गाउँपालिका–५, कोटलबारामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ।

बुधबार बेलुकी गएको पहिरोमा परी पाँच जना अझै बेपत्ता छन् भने दुई जना घाइते भएका छन्।

पहिरोमा परी मृत्यु हुनेमा स्थानीय कमलबहादुर पुन मगर (६५), जुनकुमारी पुन मगर (४०), अशिम पुन मगर ९(९), शान्ति पुन मगर (१८), अशोक पुन मगर (६), दलबहादुर पुन मगर (७५) र मनरखी पुन मगर (७१) रहेका छन्।

मृतकमध्ये एक महिला र दुई पुरुषको शव प्युठानको स्वर्गद्वारी नगरपालिका तथा माण्डवी गाउँपालिकास्थित माडी खोलाको किनारमा फेला परेको जनाइएको छ।

शव फेला परेसँगै बेपत्ताको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्म प्युठानबाट समेत विपद् व्यवस्थापन टोली परिचालन गरिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

पाँच जना अझै बेपत्ता

पहिरोमा परी बेपत्ता भएका पाँच जनाको खोजी कार्य जारी छ। बेपत्ता हुनेमा अजम्बर पुन मगर (८०), बलबहादुर पुन मगर (७८), लीलबहादुर पुन मगर (७२), मनि पुन मगर (७१) र हस्तकला पुन मगर (६७) रहेका छन्।

उनीहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।

लगातार वर्षा भइरहेकाले माथिबाट लेदोसहितको पहिरो खस्ने क्रम नरोकिएको र यसका कारण उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको सुरक्षाकर्मीले जनाएका छन्।

दुई जना घाइते, उपचारका लागि बुटवल पठाइयो

पहिरोमा परी स्थानीय हिमाल पुन मगर (२२) र सञ्जय घर्तीमगर (२५) घाइते भएका छन्। दुवै जनालाई प्रारम्भिक उपचारका लागि स्वास्थ्य चौकी थवाङ लगिएको थियो।

थवाङमा उपचार सम्भव नभएपछि उनीहरूलाई थप उपचारका लागि बुटवलतर्फ पठाइएको जनाइएको छ।

लगातारको वर्षाका कारण पहिरोको जोखिम कायमै रहेकाले सुरक्षाकर्मी तथा उद्धार टोलीले उच्च सतर्कताका साथ बेपत्ताको खोजी गरिरहेका छन्।

उद्धार कार्यमा स्थानीयवासीसमेत सहभागी भइरहेका छन्।

Page Views: 91
संबन्धित शिर्षकहरु
बस्तीमा बाढी पस्दा पर्वतमा २५ घर बगायाे
सुन र चाँदीको मूल्य बढ्याे
बाढीले पक्की पुल बगायाे
ताजा अपडेट
  • बस्तीमा बाढी पस्दा पर्वतमा २५ घर बगायाे
  • सुन र चाँदीको मूल्य बढ्याे
  • बाढीले पक्की पुल बगायाे
  • पूर्व प्रधानन्यायाधीश राणा पक्राउ
  • सिद्धार्थ राजमार्ग अवरुद्ध
  • आजदेखि सोह्र श्राद्ध सुरु
  • बीपी राजमार्ग अवरुद्ध,सवारीसाधनहरू धुलिखेलमै राेकियाे
  • प्रधानमन्त्री साहद्वारा राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama