Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चिनी अभाव हुने हल्ला फैलाएर मूल्य बढाउन थालियाे

- शुभ बिहानी / मङ्गलबार, भदौ ०२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपालीहरुकाे चाडपर्वको मौसम नजिकिदै गर्दा चिनी अभाव हुने हल्ला फैलाएर मूल्य बढाउन थालिएको छ । जसअनुसार पछिल्लो १ महिनामै चिनीको मूल्य प्रतिकिलो २० रुपैयाँसम्म बढेको छ ।

चिनीसँगै अन्य दैनिक उपभाेग्य खाद्य साम्रागीकाे मूल्य बढ्न थालेपछि उपभोक्ता मारमा परेका छन् । विशेष परिस्थितिबाहेक एकै पटक ठुलो मूल्य वृद्धि गर्न नमिल्ने अन्तर्राष्ट्रिय बजार मान्यताविपरीत पछिल्लो समय चिनीको मूल्य बढाइएको हाे ।

गत वैशाख अन्तिम साता भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपाली बजारमा अभाव हुने त्रास फैलाइएको थियो भने त्यसपछि नेपाल चिनी उद्योग संघले जेठ १ गते विज्ञप्ति जारी गर्दै पर्याप्त स्टक रहेकाले अभाव नहुने जानकारी दिएको थियो । उक्त समयमा संघले १ लाख ८ हजार टन चिनी मौज्दात रहेको बताएको थियो ।

अहिले ३ महिनाकाे अवधिमा मौज्दात सकिन लागेको भन्दै मूल्य बढाइएको छ । चाडपर्वबाहेक नेपालमा चिनीको औसत माग २५ हजार टन भए पनि जेठ, असार र साउनमा दैनिक १२–१५ टन मात्रै खरिदबिक्री हुने गरेकाले अहिले चिनीकाे अभाव नहुनुपर्नेमा उद्योगीले बजारमा पठाउने चिनीको मात्रा घटाएर मूल्य बढाएको आरोप खुद्रा व्यापारीहरूको छ ।

अहिले काठमाडौँ उपत्यकाकामा चिनी प्रतिकिलो ११५ देखि १२० रुपैयाँसम्म कारोबार भइरहेको छ । १ महिनाअघि ९५ देखि १०० रुपैयाँमा पाइने चिनी अहिले १२० रुपैयाँसम्म पुगेपछि उपभोक्ता मारमा परेकाे र नजिकिँदै गरेका चाडपर्वमा चिनी नपाइने हो कि भन्ने चिन्ता उपभोक्तामा बढेको देखिन्छ ।

उता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक तारानाथ लुइँटेलले मूल्य विश्लेषणको काम भइरहेको र हालसम्मको विश्लेषणमा चिनीको मूल्य प्रतिकिलो १२० रुपैयाँ नभई ११०–११५ रुपैयाँसम्म पुगेको भेटिएको बताउँदै मौज्दातमा रहेको चिनी सकिन लागेकाले भारतबाट आयातको तयारी भइरहेको उनले जानकारी दिएका छन् ।

Page Views: 13
संबन्धित शिर्षकहरु
मकवानपुरमा जिप दुर्घटना ६ जना घाइते
प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने
आजका लागि फलफूल तथा तरकारीकाे मूल्य कति ?
ताजा अपडेट
  • मकवानपुरमा जिप दुर्घटना ६ जना घाइते
  • प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने
  • आजका लागि फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • चिनी अभाव हुने हल्ला फैलाएर मूल्य बढाउन थालियाे
  • किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
  • पहिरो हटेपछि पृथ्वी राजमार्गमा आवागमन सामान्य
  • थाइल्याण्डमा भव्य रूपमा सम्पन्न भयो Asia Global Excellence Awards 2026, नेपाली प्रतीभा, पाककला र पर्यटन प्रवद्र्धनलाई अन्तर्राष्ट्रिय मञ्चमा जोड्ने प्रयास
  • आजदेखि ग्यासको बिक्री-वितरण नियमित गरिने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama