Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मकवानपुरमा जिप दुर्घटना ६ जना घाइते

- शुभ बिहानी / मङ्गलबार, भदौ ०२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज बिहान मकवानपुरमा भएको जिप दुर्घटनामा ६ जना घाइते भएका छन् । जिल्लाकाे भीमफेदी गाउँपालिका–६, जुरीखेलमा काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो जिप सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका-९, घर भएका उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी (५७), रजिष्ट्रार तारादत्त बडू (५७), बडूका श्रीमती लक्ष्मी बडू (४९), छोरा रितेन्द्र बडू (२५) र दिदी रिता बडू (३१) रहेका छन् । दुर्घटनामा दाङको राप्ती नगरपालिका-८, का ३२ वर्षीय जिप चालक छुनिलाल चौधरी समेत घाइते भएका छन् ।

दुर्घटना पछि घाइते सबैलाई उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल लगिएको थियो । अहिले जिप चालक चौधरी र रजिष्टार बडूलाई थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ भने अन्य ४ जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौकाे छाउनी अस्पताल ल्याइएकाे छ ।

दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री नेतृत्वको टोली पुगेर उद्धार गरेकाे थियो भने दुर्घटनाका कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Page Views: 50
संबन्धित शिर्षकहरु
इजरायलमा वैदेशिक रोजगारीकाे अवसर, १४ सय बढीकाे माग
पहिराेकाे कारण महाकाली राजमार्ग अवरुद्ध
कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक दिउँसो १ बजे बस्ने
ताजा अपडेट
  • इजरायलमा वैदेशिक रोजगारीकाे अवसर, १४ सय बढीकाे माग
  • पहिराेकाे कारण महाकाली राजमार्ग अवरुद्ध
  • कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक दिउँसो १ बजे बस्ने
  • पृथ्वी राजमार्गकाे वैकल्पिक मार्गमा यातयात सञ्चालनमा राेक
  • आज सार्वजनिक बिदा
  • काठमाडौं उपत्यकामा ८७ हजारभन्दा बढी खाना पकाउने ग्यास भित्रियाे
  • सडक अवरुद्ध हुँदा हवाई यात्रुको चाप बढ्याे
  • देशकाे विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama