Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ २२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सडक अवरुद्ध हुँदा हवाई यात्रुको चाप बढ्याे

- शुभ बिहानी / सोमबार, भदौ २२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

अविरल वर्षा र बाढि पहिराेका कारण पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानका सडक अवरुद्ध बनेपछि भरतपुर-काठमाडौं हवाई यात्रुको चाप बढेको छ । हवाई यात्रुको चाप बढेसँगै भरतपुरबाट हुने उडान दोब्बरभन्दा बढी गरिएको छ ।

भरतपुरबाट काठमाडौं लागि बुद्ध एयरको मात्रै जहाज सञ्चालन हुँदै आएकाे छ । बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा भरतपुरबाट काठमाडौंका लागि दैनिक पाँच उडान हुँदै आएकोमा सडक असहज बनेसँगै उक्त सङ्ख्या बढाएर ११ वटासम्म पुर्‍याइएको छ ।

अहिले दैनिक उडान आवश्यकताअनुसार ९ देखि ११ सम्म पुर्‍याइएको प्रमुख बस्नेतले जनाएका छन् । भरतपुरबाट काठमाडौं आवतजावत गर्ने ‘एटिआर ७२’ जहाज हो भने यसले काठमाडौंबाट आउँदा ६५ देखि ७० र यहाँबाट काठमाडौं जाँदा ५० जना यात्रु ओसार्ने गर्दछ ।

उक्त जहाजकाे क्षमता ७२ जनाको भए पनि धावन मार्ग छोटो भएका कारण क्षमता अनुसारको यात्रु ओसार्न नसक्ने बताइएकाे छ । पछिल्लाे समय कृष्णभिरमा सडक अवरुद्ध भएपछि चितवनबाट मकवानपुर हुँदै काठमाडौं जाने वैकल्पिक सडक प्रयोग गर्न सकिने भएपनि वर्षायामका कारण यात्रुले हवाई यात्रालाई प्राथमिकता दिने गरेको बताइएकाे छ ।

Page Views: 2
संबन्धित शिर्षकहरु
काठमाडौं उपत्यकामा ८७ हजारभन्दा बढी खाना पकाउने ग्यास भित्रियाे
देशकाे विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने
आज राष्ट्रिय झण्डा आधा झुकाएर राष्ट्रिय शोक मनाइँदै
ताजा अपडेट
  • काठमाडौं उपत्यकामा ८७ हजारभन्दा बढी खाना पकाउने ग्यास भित्रियाे
  • सडक अवरुद्ध हुँदा हवाई यात्रुको चाप बढ्याे
  • देशकाे विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने
  • आज राष्ट्रिय झण्डा आधा झुकाएर राष्ट्रिय शोक मनाइँदै
  • सुनचाँदीकाे मूल्य घट्याे
  • पहिराेका कारण साँफे-मार्तडी सडक खण्ड अवरुद्ध
  • विनासकारी बाढीमा परेका १ हजार ३३१ जनाको शव फेला
  • गाेरखामा बाढीले चार घर र एक पुल बगायाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama