Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ २२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काठमाडौं उपत्यकामा ८७ हजारभन्दा बढी खाना पकाउने ग्यास भित्रियाे

- शुभ बिहानी / सोमबार, भदौ २२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पृथ्वी राजमार्ग अवरुद्ध भएसँगै पछिल्लो तीन दिनमा काठमाडौं उपत्यकामा ८७ हजारभन्दा बढी खाना पकाउने एलपी ग्यासका सिलिन्डर भित्रिएको छ । नेपाल आयल निगमका अनुसार भदौ १८ देखि २० गते (शनिबार) सम्ममा विभिन्न कम्पनीका कुल ८७ हजार ८७७ सिलिन्डर ग्यास काठमाडौं भित्रिएकाे हो ।

भदौ १४ गते पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा गएको पहिरोका कारण सडक अवरुद्ध भएपछि निगमले वैकल्पिक मार्ग प्रयोग गरी आपूर्ति व्यवस्था सहज बनाइरहेको छ । निगमका अनुसार अहिले कुलेखानी-भीमफेदी मार्ग हुँदै काठमाडौंमा ग्यास भित्र्याइएको बताइएको छ ।

निगमको तथ्यांक अनुसार भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ सिलिन्डर ग्यास काठमाडौं उपत्यका भित्रिएको थियाे ।

मुख्य राजमार्ग बन्द भएपछि काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकमा रहेका उद्योगका ग्यास सिलिन्डरहरू बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीका उद्योगहरूमा रिफिल गराएर वैकल्पिक बाटोबाट भित्र्याउने व्यवस्था मिलाइएको छ ।

Page Views: 4
संबन्धित शिर्षकहरु
सडक अवरुद्ध हुँदा हवाई यात्रुको चाप बढ्याे
देशकाे विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने
आज राष्ट्रिय झण्डा आधा झुकाएर राष्ट्रिय शोक मनाइँदै
ताजा अपडेट
  • काठमाडौं उपत्यकामा ८७ हजारभन्दा बढी खाना पकाउने ग्यास भित्रियाे
  • सडक अवरुद्ध हुँदा हवाई यात्रुको चाप बढ्याे
  • देशकाे विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने
  • आज राष्ट्रिय झण्डा आधा झुकाएर राष्ट्रिय शोक मनाइँदै
  • सुनचाँदीकाे मूल्य घट्याे
  • पहिराेका कारण साँफे-मार्तडी सडक खण्ड अवरुद्ध
  • विनासकारी बाढीमा परेका १ हजार ३३१ जनाको शव फेला
  • गाेरखामा बाढीले चार घर र एक पुल बगायाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama