गए राति मुस्ताङको लोमन्थाङ आसपास केन्द्र भएर भूकम्प गएको छ । राति ९ बजेर ५३ मिनेटमा गएकाे भूकम्प ५.३ रेक्टर स्केलको रहेकाे भूकम्प मापन केन्द्रले जनाएकाे छ ।
युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको बताइएकाे छ । भूकम्पको धक्का तिब्बत, नेपालको मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि रेन्ज तथा देशका विभिन्न क्षेत्रमा भएको थियो ।
मगलबार रातिको भूकम्पबाट भएको क्षतिको विवरण सार्वजनिक भएको छैन । पछिल्लो समय हिमाली क्षेत्रमा भूकम्पसँगै पहिरो, हिमताल विस्फोट र बाढीजस्ता प्राकृतिक विपद्को जोखिमसमेत बढिरहेको छ ।