आज बिहान सडकमाथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५, बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको हाे ।
सडकमाथिबाट खसेकाे पहिरोका कारण बैतडी–जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएकाे छ । आज बिहान सडकखण्डमाथिबाट ढुङ्गासहितको पहिरो खसेर सडक अवरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिएका छन् ।
बिहान खसेकाे उक्त पहिराे अहिले हटाउने काम भैरहेको छ भने पहिरोका कारण यातायात सेवा प्रभावित भएको बताइएकाे छ ।