Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, असोज १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चाडपर्वलाई लक्षित गरि सहुलियत दरमा चामल बिक्री

- शुभ बिहानी / सोमबार, असोज १९, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपालीहरुकाे विषेश चाड दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत दरमा चामल बिक्री सुरु गरेकाे छ । कम्पनीकाे नेपालगन्जस्थित मुख्य शाखा कार्यालयले सहुलियत दरमा चामल बिक्री सुरु गरेको हाे ।

कम्पनीले सहुलियत बिक्री केन्द्र सञ्चालन गरेर सबै प्रकारका चामलमा प्रतिक्विन्टल ५ सय छुट गरी बिक्री गरि रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका सूचना अधिकारी शिवराज घिमिरेले जानकारी दिएका छन् ।

“चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको बिक्री केन्द्रबाट चाडपर्व अवधिभर एक सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिइएको छ”, उनले भने, “अरुवा मोटा, अरुवा मध्यम, मध्यम सिल्की, स्टिम मसिनो जिरा र स्टिम जिरा फोर्टिफाइड चामल बिक्री गरेका छौँ ।”

सूचना अधिकारी घिमिरेका अनुसार शुक्रबारसम्म अरुवा मोटा चामल ५० किलो, अरुवा मध्यम चार दशमलव ७५ क्विन्टल, मध्यम सिल्की चामल एक दशमलव ५० क्विन्टल, स्टिम जिरा मसिनो चाम ६४ दशमलव ५० क्विन्टल र स्टिम जिरा फोर्टिफाइड चामल पाँच क्विन्टल बिक्री भइसकेको बताइएकाे छ ।

मोटा चामल ५ हजार ६००, अरुवा मध्यम चामल ५ हजार ८००, मध्यम सिल्की चामल ५ हजार ९००, स्टिम जिरा मसिनो र स्टिम जिरा फोर्टिफाइड चामल ८ हजार ५०० प्रतिक्विन्टलका दरले सहुलियतसहित बिक्री गरिएको सूचना अधिकारी घिमिरेले जनाएका छन् ।

बजार मूल्यभन्दा कम दरमा विभिन्न प्रकारका चामल बिक्री गर्न थालेपछि उपभोक्ताले प्रत्यक्ष लाभ प्राप्त गरेका छन् भने सीमावर्ती भारतीय बजार रुपैडिहाबाट चामल आयातमा नेपालगन्ज भन्सार कार्यालयले कडाइ गरेपछि उपभोक्ता सहुलियत दरमा चामल खरिद गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सहुलियत बिक्री केन्द्र पुग्ने गरेकाे बताइएकाे छ ।

Page Views: 12
संबन्धित शिर्षकहरु
आज हल्का वर्षा र हिमपातकाे सम्भावना
कांग्रेसको १५औँ महाधिवेशनकाे दाेश्राे दिन बन्दसत्र हुँदै
चिनियाँ राजदूत मुस्ताङकाे कोरला नाका पुगे
ताजा अपडेट
  • आज हल्का वर्षा र हिमपातकाे सम्भावना
  • चाडपर्वलाई लक्षित गरि सहुलियत दरमा चामल बिक्री
  • कांग्रेसको १५औँ महाधिवेशनकाे दाेश्राे दिन बन्दसत्र हुँदै
  • चिनियाँ राजदूत मुस्ताङकाे कोरला नाका पुगे
  • काठमाडौंमा झण्डै ३० हजार सिलिन्डर वितरण
  • अध्यक्षमा पुनः डा.सीके राउत निर्वाचित
  • बस र ट्रक ठोक्किँदा बस चालककाे मृत्यु
  • नेपालबाट मनसुन बाहिरिने तयारीमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama