आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सकिएको छ । उदाउँदै गरेको सूर्यलाई बिहान अर्घ्य दिएपछि चारदिने छठ पर्व सकिएको हाे ।
हिजाे आइतबार अस्ताउँदै गरेको सूयलाई अर्घ्य दिएका व्रतालुहरूले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएका हुन् । काठमाडौं उपत्यकाका नदी किनार र पोखरीहरुबाट पनि व्रतालुले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।
यसरी सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान पर्व छठ सकिएको छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्ति हुन्छ भन्ने धार्मिक जनविश्वास रही आएको छ ।
यसअघि २०४६ सालसम्म तराई मधेशका सीमित क्षेत्रमा मात्र मनाइने छठले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ भने काठमाडौं उपत्यकामा उल्लासमय वातावरणमा छठ पर्व मनाउने गरिन्छ ।
यता सरकारले छठ पर्वको अवसरमा यस वर्ष आज सोमबार पनि सार्वजनिक बिदा दिएको छ ।