Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, मङि्सर ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सम्पन्न

- शुभ बिहानी / मङ्गलबार, मङि्सर ०२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

गत कात्तिक ८ गते हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा हिजाे कात्तिक ३० गते नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) पुगेपछि सम्पन्न भएको छ ।

मुक्तिनाथ पीठाधीश्वर मुक्तिनाथबाबा (स्वामी कमलनयनाचार्य) को सत्सङ्कल्पमा सुरु गरिएको रथयात्रा देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गर्दै पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म पुगेर पुनः फर्किएको रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिए ।

“देशका विभिन्न स्थानको यात्रा गर्दै मेची र महाकालीको जल ल्याएका छौँ । उक्त जल गण्डकीमा अर्पण गर्नेछौँ”, प्रवक्ता प्रपन्नाचार्यले भने । उनका अनुसार रथयात्राको स्वागत तथा दर्शनका लागि स्थानीय भक्तजनको उल्लेख्य सहभागिता रहेको बताइएकाे थियाे ।

उक्त रथयात्रा सम्पन्न भएसँगै आजदेखि त्रिवेणीधाममा एकमहिने महायज्ञ सुरु गरिँदैछ । महायज्ञको पहिलो दिन बिहान ८ बजे गौशालामा सामूहिक गौपूजा, ९ बजे गण्डकी पूजन र १० बजे बाजागाजा तथा भजनकीर्तनसहित कलश यात्रा गरिने बताइएकाे छ ।

यसरी गरिने कलश यात्रा गण्डकी नदीको तट हुँदै धामको परिक्रमा गरी यज्ञस्थलमा पुग्ने र त्यसपछि भगवान् मुक्तिनाथको सन्निधिमा सामूहिक सङ्कल्प, कन्या पूजा तथा दीप प्रज्वलन गरिनेछ । बिहान ११ बजेर ३५ मिनेटमा दीप प्रज्वलन गरी महायज्ञको औपचारिक उद्घाटन गरिने कार्यक्रम रहेको पनि प्रवक्ता प्रपन्नाचार्यले जनाएका छन् ।

मुक्तिनाथबाबा स्वामी कमलनयनाचार्यले एकमहिने महायज्ञमा धान्याचल, पितृमुक्ति यज्ञ, हवन तथा भागवत प्रवचनलगायत धार्मिक अनुष्ठान गरिने बताएका छन् । “प्राकृतिक विपत्ति, सडक दुर्घटना, आन्दोलन, अतिवृष्टि, अनावृष्टि तथा कोरोना महामारीलगायत विभिन्न कारणले दिवङ्गत भएका आत्माहरूको उद्धार र शान्तिका लागि पितृमुक्ति महायज्ञ आयोजना गर्न लागिएको हो”, उनले भने ।

उनले महायज्ञमा सहभागी भई यज्ञशालाको परिक्रमा, जप तथा ध्यान गर्न भक्तजनलाई आग्रह गरेका छन् ।

Page Views: 18
संबन्धित शिर्षकहरु
आज पनि सुनचाँदीकाे मूल्य घट्याे
करदाता प्रोत्साहन उपहारअन्तर्गत राम श्रेष्ठले पाए १० लाख
एनपीएलकाे पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम प्रतिस्पर्धा गर्दै
ताजा अपडेट
  • आज पनि सुनचाँदीकाे मूल्य घट्याे
  • करदाता प्रोत्साहन उपहारअन्तर्गत राम श्रेष्ठले पाए १० लाख
  • एनपीएलकाे पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम प्रतिस्पर्धा गर्दै
  • राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सम्पन्न
  • कावासोतीमा बस दुर्घटना २५ जना घाइते
  • बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सकियाे
  • देशकाे केहि भू-भागमा हल्का वर्षा र हिमपातकाे सम्भावना
  • दोस्रो सेलरोटी बनाउने प्रतियोगिता–२०८३ भव्य रूपमा सम्पन्न, सन्तोषी खरेल प्रथम

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama