आज नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडाैँकाे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे सुरु हुने खेलको विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ ।
यसअघि लिग चरणमा लुम्बिनीले पाँच जित र एक हारसहित ११ अंक जोडेको छ भने सुदूरपश्चिमले पाँच जित र दुई हारसहित १० अंक जाेडेकाे छ । यस संस्करणको लिग चरणमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको थियो ।
यसअघि गत संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको थियो । आजको खेल जित्दै लुम्बिनी लगातार तेस्रो पटक सुदूरपश्चिमलाई हराउने लक्ष्यमा हुनेछ भने सुदूरपश्चिम पहिलो क्वालिफायर जितेर फाइनलमा स्थान सुरक्षित गर्दे दाउमा रहेकाे छ ।