Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, भदौ १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ब्राजिलमा जहाज दुर्घटना हुँदा ६१ जनाकै मृत्यु

- shuvadmin / शनिबार, साउन २६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, ब्राजिलको साओ पाउलोमा ५७ यात्रु र चालक दलका चार सदस्य चढेको विमान दुर्घटना भएको छ । दुर्घटनामा परी ६१ जनाकै मृत्यु भएको छ ।

भिन्हेदो सहर नजिकै रहेको भालिनहोसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको पुष्टि गरे ।

डबल इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको थियो ।

विमान भिन्हेदो शहरमा नै दुर्घटनाग्रस्त भएको हो ।

साओ पाउलोको दमकल विभागले घटनास्थलमा सात दमकल पुगेको र थप जानकारी आउने क्रममा रहेको जनाएको छ ।

स्थानीय अधिकारीहरूले विमान आवासीय क्षेत्रमा खसेको बताएका छन् । विमान आवासीय क्षेत्रमा खसेको भए पनि त्यहाँका कोही मानिस घाइते नभएको बिबिसी समाचारमा उल्लेख छ ।

सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियो फुटेजमा विमान घुमिरहेको र सिधै तल खसेको देखिन्छ ।

Page Views: 76
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama