Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ २४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

डा. शेखरले सभापति देउवालाई भने, ‘महाधिवेशन लम्ब्याउने कुनै चाल नचल्नू’ !

- shuvadmin / आइतबार, साउन २७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीको आउँदो पन्ध्रौँ महाधिवेशन लम्ब्याउने कुनै पनि प्रयास नगर्न सभापति शेरबहादुर देउवालाई कडा चेतावनी दिएका छन् ।

डा. कोइरालाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा लिखित मन्तव्य राख्दै, महाधिवेशन समयमै सम्पन्न गर्न पार्टीका विधान र नियमावली संशोधनका लागि अविलम्ब समिति गठन गर्न आग्रह गरे ।

डा. कोइरालाले विगत आठ वर्षदेखि कांग्रेसले राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाको समीक्षा गर्न आफू इच्छुक नरहेको तर, पार्टीको जनाधार खुम्चिएको तथ्यलाई भने नकार्न नसकिने टिप्पणी गरे ।

उनले सभापति देउवालाई पार्टीको पन्ध्रौँ महाधिवेशन लम्ब्याउने कुनै प्रपञ्च नगरौँ भनी स्पष्ट रूपमा चेतावनी दिए।

उनले १४औँ महाधिवेशनदेखि बाँकी रहेका क्रियाशील सदस्यता लगायतका समस्याहरू तत्काल समाधान गरी, २०८२ मंसिरमा १५औँ महाधिवेशन गर्ने सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गर्नुपर्ने माग राखेका छन् ।

डा. कोइरालाले चेतावनी दिँदै भने, ‘यो वा त्यो बहानामा महाधिवेशन सार्ने प्रयास गरियो भने यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ धकेल्नेछ।

कांग्रेसको महाधिवेशन चार वर्षमै सम्पन्न हुनुपर्छ। बिग्रिएको प्रणालीलाई ट्रयाकमा ल्याउन म यो विषयमा जोड दिइरहेको छु।’

उनले क्रियाशील सदस्यता वितरण र महाधिवेशनको तयारीमा समयबद्ध कार्यतालिका बनाएर जुट्न पनि जिम्मेवारी पाएका साथीहरूलाई आग्रह गरे ।

डा. कोइरालाले अहिलेको राजनीतिक परिपाटीमा लोकरिझ्याँई ‘पपुलिज्म’ हावी भएको बताए ।

त्यसले कांग्रेस पार्टीलाई पनि असर गरेको धारणा राख्दै भने, ‘कांग्रेसको आफ्नै मौलिकता, आदर्श, र सिद्धान्त छन्, तर अहिले सामाजिक सञ्जाल र पपुलिज्मले पार्टीलाई गलत दिशामा डोऱ्याउने खतरा देखिन्छ। यसले पार्टी कहाँ पुग्छ, बेलैमा सोच्न जरुरी छ।’

Page Views: 67
संबन्धित शिर्षकहरु
प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा
बाढीबाट प्रभावितलाई जेनेरेटर सहयोग
देशकाे विभिन्न स्थानमा भारी वर्षाकाे सम्भावना
ताजा अपडेट
  • प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा
  • बाढीबाट प्रभावितलाई जेनेरेटर सहयोग
  • देशकाे विभिन्न स्थानमा भारी वर्षाकाे सम्भावना
  • संघीय संसद् अन्तर्गत दुवै सदनकाे बैठक बस्दै
  • मुस्ताङमा भूकम्पकाे धक्का
  • इजरायलमा वैदेशिक रोजगारीकाे अवसर, १४ सय बढीकाे माग
  • पहिराेकाे कारण महाकाली राजमार्ग अवरुद्ध
  • कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक दिउँसो १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama