Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा क्षमा नहुने : अध्यक्ष दाहाल

- shuvadmin / बुधबार, साउन ३०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरू ‘ब्याङ्केट एम्नेष्टि’को पक्षमा नरहेको बताएका छन्।

टीआरसी विधेयकका सन्दर्भमा आज संसदमा बोल्दै अध्यक्ष दाहालले गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा क्षमा नहुने बताएका हुन्।

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग पीडितमैत्री हुन्छ कि हुँदैन भनेर लामो सयम विभिन्न स्तरमा गम्भीर छलफल गरेको भन्दै अध्यक्ष दाहालले यसबारे फैलाइएका भ्रमहरू चिर्न सफल भएको उल्लेख गरे।

अध्यक्ष दाहालले भने, ‘लामो समयदेखि यो विधेयक पीडित मैत्री हुन्छ कि हुँदैन भन्ने बारेमा हामीले विभिन्न स्तरमा गम्भीर संवाद गर्‍यौं।

हामीले देशभित्र विभिन्न पीडित संस्थाका प्रतिनिधिहरूसँग, पीडित परिवारहरूसँग, राष्ट्रिय र अन्तराष्ट्रिय संघसंस्थाहरूसँग लामो समयदेखि निरन्तर संवाद गर्दै रह्यौं।

यो विधेयक पीडित मैत्री हुन्छ कि हुँदैन या यसले मेलमिलापको नाममा पीडितलाई थप पीडा दिने त होइन भन्ने चिन्ता हामी सबैले व्यक्त पनि गर्‍यौं र यसलाई बढीभन्दा बढी पीडित केन्द्रित बनाउने कोशिश गर्‍यौँ।’

अध्यक्ष दाहालले अगाडि भने, ‘यो अन्तर्राष्ट्रिय मान्यता र परम्परा अनुसार स्थापित मूल्य(मान्यता अनुसार हुन्छ कि हुँदैन, किनकी सुरुका दिनहरूमा यसमा धेरै नै विवाद के भयो भने हामी एम्नेष्टिमा जाँदै छौं, हामीले गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा पनि क्षमा दिँदै छौं भन्ने प्रचार पनि धेरै भयो।

हामीले त्यसलाई पनि चिर्‍यौँ। हामी ब्ल्याङ्केट एम्नेष्टिको पक्षमा छैनौं, गम्भीर मानवअधिकार उल्लङ्घनका घटनाहरूको न्यायिक निरुपण गर्छौं भन्ने कुरा हामीले स्पष्ट गर्‍यौँ र यहाँसम्म आउँदा त्यस कुरामा अन्तर्राष्ट्रिय समुदायमा पनि अब कुनै भ्रम छ भन्ने मलाई लाग्दैन।’

अहिले विधेयकमाथी छलफल गर्दैगर्दा अन्तर्राष्ट्रिय समूदाय सबैको मूलभूत रुपमा सहमति रहेको भन्न पाउँदा आफूलाई खुशी र गर्वको महसुस भएको अध्यक्ष दाहालले सुनाए।

Page Views: 75
संबन्धित शिर्षकहरु
सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
ताजा अपडेट
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
  • बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
  • कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama