Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि गठ्ठाघर तनावग्रस्त

- shuvadmin / बिहिबार, साउन ३१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, भक्तपुरको गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा महिलाको ज्यान गएपछि अवस्था तनावपूर्ण बनेको छ।

आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमा आगो लगाएका छन्। यद्यपी प्रहरीले तत्काल आगो निभाएको छ।

अवस्था तनावपूर्ण बनेपछि अहिले त्यहाँ सशस्त्र प्रहरी परिचालन गरिएको छ।

बा ४९ प ८९४४ नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरिरहेको थियो।

तर, ना ६ ख २१७३ नम्बरको ट्रकले एक्कासी ब्रेक लगाउँदा स्कुटरलाई करिब २० मिटर घिसारेको हो।


ट्राफिकले लुकेर चेकजाँच गरेको र ट्रकले एक्कासी ब्रेक लगाउँदा दुर्घटना निम्तिएको भन्दै सर्वसाधारणले विरोध गरेका हुन्।

यस क्रममा केही सवारीसाधनमा तोडफोडसमेत गरिएको छ।

चेकजाँचमा संलग्न ट्राफिक प्रहरीहरूलाई भने सर्वसाधारणबाट आक्रमणको प्रयास भएपछि प्रहरीले सुरक्षा दिएर त्यहाँबाट भगाएको छ।

मृतकको सनाखत हुन सकेको छैन। दुर्घटना स्थलमा तनाव भएकाले प्रहरीले थप प्रक्रिया सुरु गर्न नसकेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले बताए।

Page Views: 24
संबन्धित शिर्षकहरु
फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
अस्पतालमा फोटो, भिडियो खिच्न राेक
साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama