काठमाण्डू, काठमाण्डू महानगरको बसपार्क भन्दा बाहिर रहेका लामो तथा छोटो दूरीका बसका टिकट काउण्टर हटाउने निर्णय कार्यान्वयनमा आउन सकेको छैन् ।
काठमाण्डू महानगर र नेपाल यातायात ब्यावसायी महासंघबीच भएको सहमति कार्यान्वयनमा आउन नसकेको हो ।
कोटेश्वरदेखि कलंकीसम्मका बस टिकट काउण्टर हटाउन महानगरले पटक पटक सूचना जारी गरेपनि हटन् सकेका छैनन् ।
महानगरले फूटपाथ र पैदल यात्रुको सहजताका लागि भन्दै टिकट काउण्टर केन्द्रीकत गर्न खोजेको जनाएको छ ।
महानगर र महासंघबीच गएको साउन २० गते सम्ममा टिकट काउण्टर हटाइ सक्ने सहमति थियो ।

सहमति अनुुसार भाद्र एकबाट नरहने भने पनि हट्न सकेका छैनन् । महानगरले बस टिकट काउण्टर दर्ताका लागि बिभिन्न १० वटा मापदण्ड तय गरेको छ ।
महानगरकै मापदण्डलाई केही यातायात मजदूर संगठनले नमान्ने र जबरजस्त गरिए आन्दोलन गर्ने समेत भनेको अवस्थामा महानगरको अभियानले सफलता पाउनेमा शंका छ ।

महानगरको मापदण्डमा टिकट काउण्टर महानगरमा अनिवार्य दर्ता हुनु पर्ने, मुख्य कार्यालय गोंगवु बस पार्कमा हुनु पर्ने, भाडा दर देखिने गरी टाँस्नु पर्ने, काउण्टर चोक देखि १ सय मिटर भित्र खोल्न नपाउने, काउण्टरमा अनिवार्य रुपमा पिउने पानी र शौचालयको ब्यावस्था हुने पर्ने लगायतका मापदण्ड छन् ।

महानगरले तोकेका मापदण्ड गोंगवु बसपार्क भन्दा अन्यत्रका टिकट काउण्टरमा छैनन् ।
टिकट काउण्टर १५ वाइ १० फिटको हुने भनिएको छ । तर, कोटेश्वर, गौशाला र कलंकीमा भएका टिकट काउण्टरमा मुस्किलले टिकट काटने मान्छे मात्र बस्न सक्छन् ।
कोटेश्वरमा रहेका करिव आधा दर्जन टिकट काउण्टरमा मात्र महानगरले तोकेको साइजमा छन् ।
साइज महानगरले तोकेको भएपनि कुनै पनि काउण्टरमा मुस्किलले महानगरको उर्दी पछि पिउने पानी उपलब्ध भएपनि बस्ने र शैचालयको ब्यावस्था छैन् ।
कोटेश्वर क्षेत्रमा गाडी चढन जाने र आउने यात्रुले शौचालय जानु पर्यो भने भाटभटेनीको भन्दा बिकल्प छैन् । भाटभटेनी खुल्ला भएको समयमा त यात्रु त्यहाँ जान्छन।
तर, बिहान आठ बजे अघि र पछिको समयमा यात्रुले सास्ति भोग्दै आएका छन् । । महानगरले काउण्टर केन्द्रीकृत गर्ने भन्दा पनि ब्यबस्थित गर्ने तर्फ ध्यान दिन जरुरी छ ।
टिकट काउण्टरमा हुने बेथितिलाई नियन्त्रण गर्नु पहिलो आवश्यकता हो । टिकट काउण्टरका नाममा ठगिएका यात्रुको बारेमा सचेत हुने तर्फ ध्यान जानु पर्ने देखिन्छ ।
अधिकांश काउण्टरमा टिकट काटने कर्मचारीले भाडा दर लेख्दैनन् । दिएको पैसामा पनि पेड मात्र लेख्छन भने टिकटमा नाम,ठेगाना र कार्वन कपी राखेको हुुँदैन् ।
यस्ता सम्बेदनशील बिषयमा नियामक निकायले ध्यान दिन जरुरी छ ।
झोला बोकेर कोटेश्वर एरियामा टिकट काउण्टरका कर्मचारीका नाममा हुने अभद्र ब्यावहार नियन्त्रण तर्फ लाग्नु भन्दा टिकट काउण्टर नै राख्न नदिनु महानगरको ब्यवहारिक निर्णय होइन् ।
केही दिन अघि बैदेशिक रोजगारीबाट फकिएर घर सिरहा जान लागेका मुकेश मण्डलले काउण्टरवालाको तानातानमा परेर आफनो लगेज नै गुमाए ।
काउण्टरका कर्मचारीले तानातान गर्दा यात्रु एउटा गाडी र समान अर्को गाडीमा भएका घट्ना कोटेश्वरका लागि नौलो होइन् ।
मण्डल प्रतिनिधि पात्र मात्र हुन् । यस्ता घटना दाहोरिन नदिन संघीय राजधानी समेत रहेको महानगरले ध्यान दिनु पर्नेमा काउण्टर केन्द्रीकृत गरेर यात्रुलाई दु: ख दिने काममा लागेको छ ।
महानगरले काउण्टर ब्यवस्थित गर्ने काम नराग्रो नभए पनि मुख्य काम बिर्सेर अकैतिर लागेको छ ।

काम करो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखानलाई चरितार्थ गर्ने गतिमा महानगर गएको छ ।
महानगरले यात्रुको सुविधाका लागि गर्ने काम धेरै छन् । काउण्टरका कर्मचारिको मनोपोलिले यात्रु दिन प्रतिदिन ठगिएका छन् ।
त्यसतर्फ महानगरको ध्यान जान सकेको छैन् । यात्रुले गाडीसम्म पुग्न तिन तहको दलालीको सामना गर्नु परेको छ ।

साउदी अरवबाट विदा मनाउन घर आएका झापा अर्जुनधाराका भीम विश्वकर्माले पनि आफू नराम्ररी ठगिएको बताए ।
उनले सिन्धुली हुुँर्द बिर्तामोड सम्म जाने बसको टिकट काटे । होटलमा आइ पुगेको दलाल मार्फत उनले २ जनाको एउटा लगेज सहिल ५२ सय तिरे ।
उनले टिकट काउण्टर पनि नदेखेको बताए । पैसा लिने अर्कै, टिकट दिने अर्कै र भरे गाडीमा अर्कै मान्छे देखेपछि आफू ठगिएको थाहा पाएका विश्वकर्माले बुझाएको ५२ सय मध्य त गाडीवालाले जम्मा २७ सय मात्र पाएको रहेछ ।
यति मात्र होइन यातायात ब्यावस्या कार्यलयका कारण पनि यात्रु ठगिने गरेका छन् । यातायताले तोकिदिएको दररेटमा डिलक्स र सुपर डिलक्सका नाममा बढी भाडा लिन पाउने ब्यावस्था छ ।

तर, त्यही ब्यावस्था कार्यालयका कारण यात्रु ठगिनु परेको छ । सामान्य भाडा दरमा गाडीले डिलक्स सुुबिधा उल्लेख भएका २० प्रतिशत बढी भाडा लिन पाउने र सुपर डिलक्स भए त्यसमा पनि २० प्रतिशत लिन पाउने भनेको छ ।
त्यसमा डिलक्स र सुपर डिलक्सको सुुबिधा लिन के के मापदण्ड हुन पर्ने हो भन्ने उल्लेख नगर्दा यात्रुले टिकट काटने कर्मचारीले भनेजति भाडा दिनु परेको छ ।
डिलक्स र सुपर डिलक्स सुबिधा भए नभएको कुरा ब्लुबुकमा उल्लेख हुुने भने पनि अधिकांस टिकट काउण्टरमा रहने कर्मचारीलाई उक्त कुरा थाहा छैन भने थाहा पाउनेको बुझाइ पनि गाडीको मूल्यसित मात्र छ ।
यातायता ब्यावस्यथा कार्यालयबाट केही गाडीले डिलक्स सुविधा नलिएका भने होइनन् । सुबिधा लिएका गाडीले सुुबिधा पनि दिएका छन् ।
तर, सुबिधा भए नभएको बारेमा नत यातायातले अनुगमन गर्न गरेको छ नत ट्राफिक प्रहरीले नै ।
कोटेश्वर काउण्टरमा कार्यरत एक जना सिन्धुली काकड्भिट्टा रुटमा चल्ने काउण्टररका कर्मचारिले ९० लाख भन्दा माथिको गाडी सिधै सुुपर डिलक्स भन्ने जवाफ दिए ।
नियामक निकायले प्रत्येक टिकट काउण्टरमा कुन गाडी नर्मल, डिलक्स र सुुपर डिलक्स हो सो बारेमा खुुल्ने कागजातको प्रतिलिपि राख्न लगाउन सकेमा केही हदसम्मको ठगाइ रोकिने थियो ।


भाडा बिबरण यातायातको वेभ साइटमा र चाडबाडका बेलामा बाटामा पनि टाँसेका हुुन्छन् ।
ठूला -ठूला साइन बोर्ड राखेर मात्र भाडा कार्यान्वयन हुुँदैन् । अनियमितता गर्नेलाई कारवाहीको दायरमा ल्याउन सके यात्रुले पनि सहज महशुस गर्न पाउने थिए ।
यसमा राज्यका निकाय सहित यातायात ब्यावसायीको छाता संगठनले पनि चासो राख्नुु पर्ने हो ।
तर, कतै तिरबाट पनि अनियमितता गर्नेलाई कारवाही गर्ने काम भएको छैन् । अझ यो चाडबाडको नजिकमा त झन यात्रु ठगिनु भन्दा पनि लुटिने गरेका छन् ।



गत बर्ष जस्तो महानगरले बसपार्कमाम कडाइ गरे जस्तै कोटेश्वर, गौशाला र कलंकीमा कडाइ गरे यात्रु ठगिनबाट केही भएपनि जोगिने थिए ।