Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

निकालियो शुुक्रवार मर्स्याङ्दीमा खसेको भारतीय बस

- shuvadmin / सोमबार, भदौ १०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

तनहुँ, मर्स्याङ्दीमा गत भदौ ७ गते खसेको भारतीय नम्बर प्लेटको बस नदीबाट बाहिर निकालिएको छ।

सोमबार बिहानैदेखि मुग्लिन–आँबुखैरेनी सडकखण्ड बन्द गरेर क्रेनबाट बस निकाल्ने प्रयास गरिएको थियो।

सुरुमा एउटा क्रेनबाट भएको प्रयासबाट बस निकाल्न नसकिएपछि अर्को क्रेन लगेर बस सडकमा निकिालिएको हो।

जिल्ला प्रहरी तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीका अनुसार, भर्खरै सडकमा बस निकालिएको छ।

बिहानैदेखि मुग्लिन–आँबुखैरेनी सडकखण्ड बन्द गरेर बस निकाल्ने प्रयास गरिएको थियो। उक्त सडकखण्ड बन्द भएपछि यात्रुहरू बाटोमै अलपत्र परेका थिए।

बस सडकमा निकालेसँगै अब बन्द गरिएको सडक पनि खुल्ने एसपी शाहीले बताए।

नदीभन्दा थोरै माथि रहेको पहराका कारण बस निकाल्न समस्या भएको थियो। अर्को क्रेनको सहायतमा बस नदीबाट निकालिएको हो।

भारतीय नम्बरप्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा शुक्रबार २७ जनाले ज्यान गुमाएका थिए।

मृतकहरूको पोस्टमार्टमपछि सनाखत गरेर भारतीय वायु सेनाको विमानमार्फत पठाइसकिएको छ।

अर्का एकजना मर्स्याङ्दी नदीमै बेपत्ता रहेको प्रहरीले जनाएको छ। बेपत्ता व्यक्तिको पनि खोजी भइरहेको छ।

सबै तस्बिरहरू : मुग्लिन बजार फेसबुक वालबाट

Page Views: 83
संबन्धित शिर्षकहरु
नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
ताजा अपडेट
  • नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
  • असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
  • प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
  • पर्वतारोहण सञ्चालक संघ नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा ३८ लाखभन्दा बढी सहयोग
  • नुवाकोटमा नेपाली सेनाद्वारा ‘एक्रो ब्रिज’ जडान
  • पहिराेले त्रिभुवन राजपथ अवरुद्ध
  • जुनसुकै कम्पनीकाे ग्यास सिलिण्डर साट्न सकिने व्यवस्था गर्न निर्देशन
  • प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama