Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रवी, छवी र विपीन संलग्न तीन संस्थामा प्रहरीको खानतलासी, तानिए अनुसन्धानमा, समितिको प्रतिवेदन कुर्दै प्रहरी

- shuvadmin / सोमबार, भदौ १७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलनबारे अनुसन्धान गरिरहेको प्रहरी टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछाने, सहमहामन्त्री विपीन आचार्य र पूर्वडीआईजी छवीलाल जोशी बञ्जाडे संलग्न तीनवटा संस्थामा खानतलासी गरेर कागजात नियन्त्रणमा लिएको छ।

कास्कीबाट अनुसन्धानमा खटिएका अधिकारीहरूले काठमाडौँ प्रहरीको सहयोगमा गोर्खा मिडिया नेटवर्क, नेचर हब र नेचर नेस्ट नाम गरेका तीनवटा संस्थामा खानतलासी गरेको हो।

सहकारीको रकम अपचलनमा जोडिएका रवि, छवि र विपिनसँग सोधपुछ गरी कागज समेत गराएर कास्की प्रहरी पोखरा फर्किएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जानकारी दियो।

लामिछाने र पूर्वडीआईजी जोशीसहित रास्वपाकै सहमहामन्त्री समेत रहेका तात्कालीन गोर्खा मिडियाका क्रियटिभ डाइरेक्टर विपिन आचार्यसँग पनि प्रहरीले सोधपुछ गरेको हो।

लामिछाने गोरखा मिडियामा प्रबन्धन निर्देशक थिए भने छवी तात्कालीन सञ्चालक हुन्। विपीन पनि गोर्खा मिडियामै आवद्ध थिए।

सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले पनि यी तीनैजनालाई बोलाएर गत साता बयान लिएको थियो।

बयानका क्रममा रवीले कुनै पनि सहकारीबाट गोर्खा मिडियामा आएका रकममा आफ्नो हस्ताक्षर, नागरिकतालगायत कुनै कागजात समावेश नभएको दावी गरेका थिए भने आचार्यले आफ्नो खातामा रकम आएकोबारे आफू अनभिज्ञ रहेको बताएका थिए।

यदी दोषी ठहर गर्दै समितिले प्रतिवेदन बुझाए उनीहरूलाई तत्काल कानूनी दायरामा ल्याउने प्रहरीको तयारी रहेको एक उच्च अधिकारीले बताए।

यससँगै लामिछानेसहितका दुई व्यक्तिविरुद्ध सूर्यदर्शन सहकारीको पुरक जाहेरीमा अनुसन्धान अघि बढ्ने प्रहरीले संकेत गरेको छ।

लामिछानेविरुद्ध पुरक जाहेरी परेको एक वर्ष हुन लाग्दा पनि यसअघि कुनै अनुसन्धान तथा सोधपुछ भएको थिएन।

अनिवार्य अनुसन्धान गर्नुपर्ने भन्दै कांग्रेसले संसद् समेत लामो समय अवरुद्ध गरेको थियो। कांग्रेसकै सांसद रमेश लेखक गृहमन्त्री भएपछि फाइल अघि बढाइएको हो।

प्रहरी उच्च स्रोतले गृहमन्त्री लेखकलाई गोर्खा मिडिया नेटवर्कको अनुसन्धानबाट लामिछाने कसुरमा तानिनसक्ने राय दिएको थियो।

लेखकले पनि प्रहरी महानिरीक्षकलाई यो विषयमा गम्भीर अनुसन्धान गर्न गृहमन्त्री हुँदासाथ निर्देशन दिएका थिए।

पहिले प्रतिपक्षमा हुँदा चर्को कुरा गरेको तर सत्तामा पुगेपछि भने यो विषयलाई अनदेखा गरेको भन्दै गृहमन्त्री लेखकको समेत आलोचना हुँदै आएको छ।

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेका नाममा २ करोड रकम गएको अभियोगमै उल्लेख भए पनि प्रहरीले उनीसँग सोधपुछ गरेको थिएन्।

तर, सूर्यदर्शनको मुद्दामा भने लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे र सहमहामन्त्ती आचार्यसँग सोधपुछ गरिएको हो।

कागजहरू नियन्त्रणमा लिएसँगै उनीहरू अनुसन्धानको दायरामा आउने देखिएको छ। दुई दिन अगाडि मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले सहकारी ठगीको मुद्दामा अनुसन्धान भइरहेको र संलग्न व्यक्ति कानुनी दायरामा ल्याइछाड्ने बताएका थिए।

यसअघि पनि कास्की प्रहरीले नेचर हबको कार्यालयमा छापा मारेर उपकरणहरू नियन्त्रणमा लिएको थियो। सोही उपकरणबाट जीबी राईका सम्पूर्ण सहकारीको विवरण फेला परेको थियो।

सहकारी छानबिन विशेष समिति अहिले सहकारीको रकम अपचलनमा संलग्न विभिन्न व्यक्तिसँग सोधपुछ गर्दै प्रतिवेदन लेखनमा लागेको छ।

Page Views: 54
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama