Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सर्लाहीको मधुवनीमा पैसा छाप्दै गर्दा आठजना पक्राउ

- shuvadmin / सोमबार, भदौ १७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सर्लाही, सर्लाहीमा भारतीय सिमानाको छेउमा रहेको मधुबनी गाउँको एउटा सुनसान घर बाहिरबाट हेर्दा सधैँको जस्तै शान्त थियो ।

प्रहरीको टोलीले त्यही घरभित्र लुकाएर राखिएको रहस्यमयी घटना सार्वजनिक गरेको छ ।

शनिबार राति, प्रहरीलाई एक गोप्य सूचना प्राप्त भयो— एउटा बोरिङ राख्न बनाइएको खाली घरमा केही अनौठो घटना भइरहेको छ ।

शंकास्पद गतिविधि भएको सुनेपछि, स्थानीय इलाका प्रहरी कार्यालय गहडीया र प्रहरी चौकी मधुबनी गाउँबाट पुलिस टोली, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) मधुबनीसँग संयुक्त रुपमा तत्कालै त्यहाँ पुग्यो ।

त्यो घर भित्र पस्दा थाहा भयो, पैसा छाप्ने कारखाना नै रहेछ । घरभित्र नक्कली नोट बनाउने सारा तयारी पो भइरहेको रहेछ ।

भित्रको दृश्य त कुनै जासूसी फिल्मको सेटजस्तै थियो—कागजका थुप्रो, केमिकलका बोतलहरू र नोट बनाउने उपकरणहरू । यति मात्रै हो र रु त्यहाँ आठ जना पनि थिए, जो पैसा छाप्ने तयारी गर्दै थिए ।

काठमाडौँका सौगात थापा मगर र विजय लामा, ललितपुरका सन्जय राना मगर, भक्तपुरका अमिर खत्री, भारतका सुबोध कुमार र राजिव ठाकुर थिए ।

सर्लाही र रौतहटका जनार्धन सिंह र विशाल राई गरी आठजना पक्राउ परे । सबै मिलेर नक्कली नोट बनाउन जुरमुराएका रहेछन् ।

प्रहरीले त्यहाँबाट १४ थान एक हजारको नोट साइजमा काटिएको कागज बरामद गर्यो ।

विभिन्न रङ्गको आठ लिटर केमिकल, ९५ हजार ८०५ नेपाली रुपियाँ समेत भेटिएको छ ।

१० थान मोबाइल सेट, एउटा नेपाली स्कारपियो गाडी र दुईवटा भारतीय मोटरसाइकल पनि बरामद भएको छ ।

पक्राउ परेका ८ जनाविरुद्ध सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अहिले अनुसन्धान भइरहेको छ ।

एसपी रवीन्द्रबहादुर सिंहको भनाइ अनुसार, ‘उनीहरूले कसरी नक्कली नोट तयार गर्थे, हामी अनुसन्धान गर्दैछौँ ।’

Page Views: 58
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama