Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

उपत्यकाको पानीमा आर्सेनिकको मात्रा बढी

- shuvadmin / मङ्गलबार, भदौ १८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, काठमाडौँ उपत्यकाको पानीमा मापदण्डभन्दा बढी आर्सेनिक भेटिएको छ । काठमाडौँ उपत्यकाको दक्षिण–पूर्वी क्षेत्रको पानीमा आर्सेनिकको मात्रा बढी भेटिएको खानेपानी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव कृष्णप्रसाद आचार्यले यसअघि प्रायः तराईका जिल्लाको पानीमा निर्धारित मापदण्डभन्दा बढी भेटिने आर्सेनिक काठमाडौँ उपत्यकामा समेत भेटिएको जानकारी दिए ।

उनका अनुसार उपत्यकामा ललितपुरको इमाडोल, टीकाथली, बाँझेपोखरी, सानेपा, काठमाडौँको बल्खु, स्युचाटार र भक्तपुरको बालकोट क्षेत्रको पानीमा मापदण्डभन्दा बढी आर्सेनिक भेटिएको हो ।

काठमाडौँको अन्य क्षेत्रको पानीमा अहिलेसम्म मापदण्डभन्दा बढी आर्सेनिक नभेटिएको उनले स्पष्ट पारे ।

सहसचिव आचार्यले काठमाडौँको पानीमा न्यूनतम एकदेखि अधिकतम दुई सय पिपिबीसम्म आर्सेनिकको मात्रा भेटिएको जानकारी दिए ।

उनले भने , “राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड अनुसार खानेपानीमा आर्सेनिकको मात्रा प्रतिलिटर पचास पिपिबीसम्म हुनु पर्छ ।

विश्व स्वास्थ्य सङ्गठनले खानेपानीमा आर्सेनिकको मात्रा प्रति लिटर दस पीपीबीसम्म निर्धारण गरेको छ ।”

उनले भने , “तराईको स्यालो ट्युबवेलको पानीमा आर्सेनिकको मात्रा बढी भेटिए पनि काठमाडाँैको ‘डिप ट्युबवेल’ मा आर्सेनिकको मात्रा मापदण्डभन्दा बढी भेटिएको हो ।”

उनले यी क्षेत्रका स्यालो ट्युबवेल र ‘डिप ट्युबवेल’ को पानी परीक्षणका क्रममा पानीमा आर्सेनिकको मात्रा बढी पाइएको जानकारी दिए ।

उनका अनुसार यी क्षेत्रको पानीको परीक्षण पहिला विभिन्न प्रयोगशालामा गर्दा आर्सेनिक भेटिएपछि त्यसको पुनः प्रमाणीकरणका लागि पानीपोखरीस्थित केन्द्रीय पानी प्रयोगशालामा परीक्षण गरिएको थियो ।

त्यहाँ पनि परीक्षणका क्रममा निर्धारित मापदण्डभन्दा बढी आर्सेनिक रहेको प्रमाणित भएको थियो ।

डिप ट्युबवेल’ को पानी नखान आर्सेनिक भेटिएको क्षेत्रमा सचेतना फैलाइएको सहसचिव आचार्यले जानकारी दिए ।

उनले भने , “मापदण्डभन्दा बढी आर्सेनिक भएको पानी पिउने प्रयोजनका लागि प्रयोग गर्न मिल्दैन् ।

तर, नुहाइधुवाइ, सरसफाइलगायतको प्रयोजनका लागि प्रयोग गर्न मिल्छ ।” संयुक्त राज्य अमेरिकाको ‘इपीआई स्ट्यान्डर्ड’ ले समेत दुई सय पीपीबीसम्म आर्सेनिक भएको पानीले नुहाइधुवाइ गरेमा केही असर नगर्ने निर्धारण गरेको उनको भनाइ छ ।

सहसचिव आचार्यका अनुसार तराईको ट्युबवेलको पानीमा प्रति लिटर १४ सय पीपीबीसम्म आर्सेनिक भेटिएको छ ।

नवलपरासी पश्चिमका २७ प्रतिशत ट्युबवेलको पानीमा मापदण्डभन्दा बढी आर्सेनिक भेटिएको हो ।

मधेश प्रदेशका सात जिल्लामध्ये महोत्तरीमा आर्सेनिक नभेटिएको उनले जानकारी दिए । रौतहट, नवलपरासी, बर्दिया र कैलालीको पानीमा बढी आर्सेनिक भेटिएको हो ।

उनले भूमिगत पानीमा मात्र आर्सेनिक पाइने बताउँदै सतहको पानी, खोलाको पानी र मूलको पानीमा आर्सेनिक नहुने स्पष्ट पारे ।

Page Views: 66
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama