Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पारालिम्पिक्समा गौरवमय इतिहास रच्ने पलेसालाई एनसेलले १० लाखसहित सम्मान गर्ने

- shuvadmin / बुधबार, भदौ १९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, पेरिसमा जारी पारालिम्पिक्समा गौरवमय इतिहास रच्दै नेपाललाई अहिलेसम्मकै ठूलो पदक दिलाउने पारा तेक्वान्दो खेलाडी पलेसा गोबर्धनसहितका खेलाडीलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ।

पलेसाको ऐतिहासिक जीत र पेरिस पारालिम्पिक्स २०२४ मा देशको प्रतिनिधित्व गर्ने पारा खेलाडी तथा प्रशिक्षकलाई एनसेलले नगदसहित सम्मान गर्ने निर्णय गरेको हो।

पलेसालाई १० लाख र अन्य सहभागी पारा खेलाडी तथा प्रशिक्षकलाई थप १० लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा एनसेलले गरेको छ।

एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको आफ्नो सहकार्यअनुरुप यो सम्मान तथा सहयोग गर्न लागिएको जनाएको छ।

एनसेलले गत वर्षदेखि एनपीसीसँग नेपाली पारा खेलाडीको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले पलेसा र देशको यो सफलताबाट आफू उत्साहित बनेको बताएका छन्।

‘पलेसाको ऐतिहासिक उपलब्धि राष्ट्रिय गौरव हो। यो जित नेपाल र सम्पूर्ण पारा खेलाडीको कडा परिश्रम र उत्कृष्ट प्रदर्शनको नतिजा हो,’

एनसेलका प्रमुख कार्यकारी निर्देशक कायुमोभले भनेका छन्, ‘एनपीसीसँगको सहकार्यमा पलेशा जस्ता च्याम्पियन र हाम्रा राष्ट्रिय पारा खेलाडीहरूको प्रेरणा बनेर हौसला प्रदान गर्दै हामी एक बलियो साथ दिन प्रतिबद्ध छौँ।’

एनसेलले गत वर्षदेखि आफ्नो सेवा सञ्चालनको १८ औँ वार्षिकोत्सवको अवसरमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो।

यस अन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालिम्पिक राष्ट्रिय खेलाडीकोे समग्र तालिम, विकास तथा प्रशिक्षणको लागि सहयोग गर्दै आएको छ।

पेरिस पारालिम्पिक्सअन्तर्गत पारा तेक्वान्दोमा नेपाललाई पहिलोपटक पदक (काँस्य) दिलाउने पलेसा गोवर्धनसहितको पारा तेक्वान्दो टोली आज बिहान स्वदेश आइपुगेको छ।

यसैबीच नेपाललाई पहिलोपटक ऐतिहासिक पदक दिलाउने पलेशाले सरकारबाट ६५ लाख रुपैयाँ प्राप्त गर्ने भएकी छन्।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा समर ओलम्पिक्स, विन्टर , ओलम्पिक्स, पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्वकप फुटबलमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख र कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ।

Page Views: 22
संबन्धित शिर्षकहरु
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
आज नेपाल र यूएई भिड्दै
विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama