Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकलाई प्रधानमन्त्री ओलीको आग्रह

- shuvadmin / मङ्गलबार, भदौ २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ–नयाँ आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा मङ्गलबार आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७ औँ प्राज्ञसभामा नाष्टका कुुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले रासायनिक मल र कीटनाशक औषधिको प्रयोगका कारण देशभरको माटो बिरामी भएकाले यसलाई कसरी उपचार गर्न सकिन्छ भन्ने जस्ता विषयमा अनुसन्धान गर्न आग्रह गरेका हुुन् ।

उनले तरकारी र उत्पादनमा विषादीयुक्त कीटाणुु कसरी रोक्ने र चाहिने कीटाणु कसरी कायम राख्ने भन्ने जस्ता विषयमा अनुसन्धान भएमा उत्पादन र उत्पादकत्व वृद्धिमा सहयोग पुुग्ने विश्वास व्यक्त गरे ।

“आफूूलाई जे मन लाग्यो त्यसमा भन्दा पनि देशको आवश्यकताको विषयमा अनुसन्धान होस् । कृषि क्षेत्रको अनुसन्धानका लागि कृषि अनुसन्धान परिषद् (नार्क) जस्ता सस्थासँग सहकार्य होस् ।

प्रशासनिकरुपमा मुुलुकमा सुशासन कायम गर्ने कामको नेतृत्व म गर्छु । तपाईँ वैज्ञानिकहरुबाट नयाँ खोज र अनुसन्धान गरेर मुलुकको परिवर्तनमा योगदान हुन म आग्रह गर्छुु ।’’, प्रधानमन्त्री ओलीले भने , “ज्ञान, विज्ञान र योगको उद्गम भूमि नेपाल विभिन्न कारणले पछाडि परेको छ ।

अरुले ढुङ्गा हानेर सिकार गर्दै गरेको अवस्थामा हामीले पशुपालनको युुग सुरु गरिसकेका थियौँ ।

अब ग्रिन हाइड्रोजनको प्रयोग र अन्तरिक्षको अर्बिटमा आफ्नै सेटलाइट राख्ने विषयमा ध्यान दिन सक्नुपर्छ । भूकम्पको पूर्व सूचना प्रणालीलाई स्थापित गरेर जानुपर्छ ।’’

प्रधानमन्त्री ओलीले सिद्धान्त र दर्शनका आधारमा नभए पनि प्रयोग र अभ्यासका हिसाबले नेपाली पुर्खाले सुरु गरेका आयुर्वेद विज्ञान, ध्वनि विज्ञान, नृत्य विज्ञानजस्ता क्षेत्रमा गरेका विकासको स्मरण गर्दा आत्मबल वृद्धि हुने बताए ।

सभाले आर्थिक वर्ष २०८१/८२ का लागि ५० करोड ६८ लाख ३९ हजार रुपियाँको बजेटसहितको कार्यक्रम स्वीकृत गरेको छ ।

सहकुलपति एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत सहभागी सभामा प्रतिष्ठानका उपकुलपति प्रा.डा. दिलीप सुुब्बाले विज्ञान, प्रविधि र नवप्रवर्द्धनलाई सरकारले समृद्धिको एक आधार मानेकामा प्रसन्नता व्यक्त गरेका थिए ।

Page Views: 71
संबन्धित शिर्षकहरु
देशकाे अधिकांश स्थानमा पानी पर्ने
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
ताजा अपडेट
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न
  • सडक भासिएपछि तातोपानी नाका अवरुद्ध
  • मकवानपुरमा खोलाले खाली ट्रक बगायाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama