Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

यस पटकको विद्याभूषण र विद्यापदक पनि उधारोमै

- shuvadmin / आइतबार, भदौ ३०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस पटक पनि नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण र नेपाल छात्रा पदक उधारोमा वितरण गर्ने भएको छ ।

विगतमा शिक्षा दिवसको दिन विशेष कार्यक्रम गरेर वितरण गर्दै आएका ती पदक पाउन योग्य ठहरिएका व्यक्तिहरूको नामावली मन्त्रालयले आफ्नो वेबसाइटमा मात्रै राख्ने निर्णय गरेको छ ।

स्रोत अभावमा गत वर्ष पनि मन्त्रालयले ती पदक वितरण गरेको थिएन । त्यसभन्दा अघि पनि कोरोनालगायतका कारण पदक वितरण हुन सकेको थिएन ।

सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउँदै आएको छ । उक्त दिन मन्त्रालयले नेपाल विद्याभूषण ‘क’, ‘ख’ र ‘ग’, नेपाल छात्रा विद्यापदक ‘क’ र ‘ख’ तथा नेपाल प्रविधि विद्याभूषण पदक वितरण गर्ने गरेको थियो ।

मन्त्रालयले गत २०८० भदौ ३१ गते ९६२ जनालाई नेपाल विद्याभूषण, नेपाल छात्रा विद्यापदक र नेपाल प्रविधि विद्याभूषण प्रदान गर्ने भनी नाम सार्वजनिक गरेको थियो ।

स्रोत व्यवस्थापन हुन नसक्दा ती सर्वोत्कृष्ट विद्यार्थीलाई हालसम्म पुरस्कृत गरिएको छैन् ।

मन्त्रालयले यस पटक पनि सोही दिन पदक वितरण गर्ने भन्दै पदक लिन योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको थियो ।

गत वर्ष बाँकी रहेको ९६२ जनासहित यस पटक थप तीन सय जनालाई पदक वितरण गर्नुपर्ने देखिएको मन्त्रालयको विद्यालय शिक्षा शाखाले जनाएको छ ।

मन्त्रालयका अनुसार पदकका लागि ६० लाख रुपियाँ बजेट छुट्याइएको छ ।

तर, गत वर्षसम्म बाँकी रहेका र यस पटक वितरण गर्नुपर्नेसमेतलाई वितरण गर्नुपर्ने पदकका लागि छ करोड रुपियाँभन्दा बढी लाग्ने मन्त्रालयको अनुमान छ ।

मन्त्रालयका उपसचिव परशुराम तिवारीले शिक्षा दिवसका दिन ती पदक वितरण नगरिने निर्णय भएको बताए ।

उनका अनुसार शिक्षा दिवसका दिन वितरण हुन नसक्ने पदक केही समयपछि शिक्षासँग सम्बन्धित कुनै दिवस वा सन्दर्भ पारेर प्रदान गरिने छ ।

मन्त्रालयले विद्यावारिधि उपाधि हासिल गरेकालाई नेपाल विद्याभूषण ‘क’ बाट, स्नातकोत्तर तहमा सर्वोत्कृष्ट हुनेलाई नेपाल विद्याभूषण ‘ख’ बाट, स्नातक तहमा सर्वोत्कृष्ट हुनेलाई नेपाल विद्याभूषण ‘ग’ वितरण गर्दै आएको छ ।

त्यस्तै स्नातक तहमा सर्वोत्कृष्ट हुने छात्रालाई नेपाल छात्रा विद्यापदक ‘क’ बाट, कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट हुने छात्रालाई नेपाल छात्रा विद्यापदक ‘ख’ बाट र प्राविधिक शिक्षामा स्नातक वा सोभन्दा माथि सर्वोत्कृष्ट हुनेलाई नेपाल प्रविधि विद्याभूषणबाट पुरस्कृत गर्ने व्यवस्था छ ।

नेपाल प्रविधि विद्याभूषण गत वर्ष नयाँ थपिएको हो र कृषि, पशु विज्ञान, चिकित्साशास्त्र, इन्जिनियरिङ, वन विज्ञान एवं विज्ञान तथा प्रविधि विषयमा सर्वोत्कृष्ट हुनेलाई यो पुरस्कार उपलब्ध गराइन्छ ।

तर, विगतदेखि पदक वितरण गर्न नसकिएको र पर्याप्त बजेटसमेत नभएका कारण यो कार्य अनिश्चित जस्तै देखिएको छ ।

तिवारीका अनुसार अहिले पनि पदक वितरणका बारेमा सर्वसाधारणले दिनहुँजसो सोध्ने गरेका छन् ।

उनले भने , “पदक पाउन योग्य व्यक्तिबाट दिनहुँजसो सोधखोज भइरहेको छ । उनीहरूको चासोलाई सम्बोधन गर्न भएपनि अर्को कुनै दिन वितरण गर्नुपर्ने देखिन्छ ।”

Page Views: 49
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama