Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार ३१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एमाले नेता शिवनारायण माझी जुवा खालबाट पक्राउ, १८ लाख बरामद

- shuvadmin / आइतबार, भदौ ३०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

विराटनगर, नेकपा(एमाले) नेता तथा मोरङ ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझी जुवाको खालबाट पक्राउ परेका छन् ।

उनीसहित ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो ।

ग्रामथान–४ कटहरास्थित जुवाको अखडामा छापा मार्दा पूर्व अध्यक्ष माझीसहित ९ जना जुवाडेको साथबाट १८ लाख ५१ हजार रुपैयाँ ५ सय रुपैयाँ बरामद गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए ।

पक्राउ परेका माझी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट ग्रामथान गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीबाट खटिएको टोलीले शनिबार राति गोप्य सूचनाको आधारमा पक्राउ गरेको एसपी कार्कीले जानकारी दिए ।

यसरी पक्राउ पर्नेहररुमा सुनसरीको दुहबी नगरपालिका ६ का ४५ वर्षीय जयकिशोर साह, सुन्दहरैचा १ का ५० वर्षीय जनक कुमार माझी, मोहतरीका ४५ वर्षीय महेश साह, ग्रामथान गाउँपालिका ४ का, सोही ठाउँका आर्हलाल माझी, धरान १५ का युवक राई, दमक १० का कतुवर्न नेम्वाङ, लेटाङ ९ का लोक नाथ सापकोटा र सुन्दरहैचा ३ का प्रताप राई रहेका छन् ।

सुनसरी, झापा र मोरङको विभिन्न स्थानबाट जुवा खेल्न ग्रामथानमा आउने गरेको विशेष सूचनाको आधारमा छापा हानेर जुवा खेलिरहेको जुवाडेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ। ग्रामथान–४ मोतीपुर क्षेत्रमा जुवाको अखडा बनाएर नामुद जुवाडेहरू जुवा खेल्ने गरेका थिए ।

यहाँ कोशी प्रदेशको विभिन्न जिल्ला र मधेस प्रदेशबाट पनि जुवाडेहरू ग्रामथानमा जुवा खेल्न आउने गरेका थिए ।

पक्राउ परेका जुवाडेहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर अनुसन्धान भइरहेको छ ।

उनीहरुलाई आज जुवा ऐनअन्तर्गत मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गर्ने प्रहरीले तयारी गरेको छ ।

Page Views: 76
संबन्धित शिर्षकहरु
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
ताजा अपडेट
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama