Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बाँकेको कुण्डा–नारायणपुर हुलाकी सडकमा २ मोटरसाइकल आपसमा ठोकिँदा दुवै चालकको मृत्यु, ३ जना गम्भीर घाइते

- shuvadmin / बिहिबार, असोज ०३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

बाँके, बाँकेको कुण्डा–नारायणपुर हुलाकी सडकअन्तर्गत राप्तीसोनारी गाउँपालिका–४ लालपुरमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा परी गम्भीर घाइते भएका सोही गाउँपालिकाको वडा नम्बर ४ निवासी ३७ वर्षीय रामशरण थारु र वडा नम्बर ३ निवासी १९ वर्षीय वसन्त थारुको उपचारका क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय बैजापुरका प्रहरी नायव निरीक्षक भद्रसिंह वलीले जानकारी दिए।

रामशरणले चलाएको भे १२ प ३१९५ नंको मोटरसाइकल र वसन्तले चलाएको भे १२ प ४८२८ नंको मोटरसाइकल आपसमा ठोक्किँदा दुवैजना गम्भीर घाइते भएका थिए।

दुवैको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा रामशरणले चलाएको मोटरसाइकलमा सवार बर्दिया राजापुर नगरपालिका ४ निवासी ३८ वर्षीय अजय थारु र वसन्तले चलाएको मोटरसाइकलमा सवार वडा नं ३ खैरनी निवासी सञ्जय थारु र सङ्गीन थारु घाइते भएका छन्।

घाइतेहरूको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

रासस

Page Views: 51
संबन्धित शिर्षकहरु
हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
देशकाे अधिकांश स्थानमा पानी पर्ने
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama