Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असोज २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष विष्टले पनि दिए राजीनामा

- shuvadmin / शुक्रबार, असोज ०४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि राजीनामा दिएका छन् ।

विष्टले शुक्रबार पदबाट राजीनामा दिएका हुन् । यसअघि अध्यक्ष विपुल पोखरेलले पनि पदबाट राजीनामा दिएका थिए । यसपछि विष्टले कार्यवाहक उपाध्यक्षको पदभार सम्हालेका थिए ।

तर, विष्टले पनि विज्ञप्ति जारी गर्दै राजीनामा दिएका हुन् । उनले दलका भातृसङ्गठनले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

“पत्रकार महासङ्घलाई विगतदेखि निरन्तर प्रहार गरेर कमजोर बनाइ आफ्नो स्वार्थ पूरा गर्न पल्केका तत्त्वहरूले पनि महासङ्घको निर्वाचनलाई अनिश्चित बनाउन निरन्तर खेलिरहेको सबैले बुझेकै तथ्य हो,” विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सहजै निर्वाचन हुने परिस्थितिमा पनि निर्वाचन भाँड्न दिएको दबाब र पठाइएका म्यासेज त्यसैका उदाहरण हुन् ।”

विष्ट कार्यवाहक उपाध्यक्ष भएपछि सुरुमा असोज ५ गते अर्थात् भोलिका लागि महासङ्घको निर्वाचनको मिति तोकिएको थियो ।

पछि स्थगित गरेर पुनस् १२ गतेका लागि भनिएको थियो तर, त्यो पनि स्थगित भयो । यसपछि विष्टले राजीनामा दिएका हुन् ।

त्यसअघि पोखरेलले पनि तीनपटकसम्म स्थगित गरेका थिए ।

Page Views: 76
संबन्धित शिर्षकहरु
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
ताजा अपडेट
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
  • बडादशैँकाे चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
  • राष्ट्रिय राजमार्ग र विभिन्न सडक मर्मतमा तीव्रता
  • उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थाल्याे
  • बडादशैँकाे तेश्राे दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
  • चार उन्नत जात उखु नेपाललाई हस्तान्तरण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama