Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

छठको दोस्रो दिन आज खरना, पूर्ण व्रत सुरु गर्दै व्रतालु

- shuvadmin / बुधबार, कार्तिक २१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जनकपुरधाम – छठ पर्वअन्तर्गत आज दोस्रो दिन (बुधबार) खरना मनाइँदैछ । पञ्चमी तिथिमा पर्ने ‘खरना’को अर्थ संरक्षण अर्थात् पापको क्षय हो ।

खरनाको दिन व्रतालु दिनभरि निर्जला बस्छन् अनि साँझपख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा जान्छन् ।

त्यहाँ नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गर्छन् । प्रसादका रुपमा विशेषगरी पाकेको केरा र पायस (खिर) लिने चलन रहेको जनकपुरधामकी एक व्रतालु ज्योति झाले बताइन् ।

यो दिन व्रतालुले आँगनमा गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गर्ने गर्छन् ।

अनि राति चन्द्रोदयपछि चन्द्रमालाई पायस चढाइ सोही प्रसाद ग्रहण गर्छन् । यसदिनपछि व्रतालुले पूर्ण व्रत लिनुपर्दछ । ‘्

हामी यो सबै विधि मानेर व्रत बस्ने तयारी गरिरहेका छौँ,’ महेन्द्रनगरकी ७५ वर्षीया वृद्धा गीता झाले भन्छिन् ।

छठको तेस्रो दिन अर्थात षष्ठीमा गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान–पिसान गरी त्यसबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री तयार गरिन्छ ।

क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरकी ६५ वर्षीया संगीतादेवी यादव छठ पूजाका सामग्री तयार पार्दा विशेष चनाखो हुनु पर्ने बताउँछिन् । ‘

पूजाका सामग्री चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास छ,’ उनले भनिन् । यसदिन जलासयमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ दिइने गरिन्छ ।

छठको चौथो तथा अन्तिम दिनलाई पारन ९पार्वण० भनिन्छ । यसदिन बिहान उषाकालमा व्रत लिनेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्याउँछन् । प्रातःकालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ ।

पण्डित लालबाबु झाका अनुसार अर्घ दिएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतालुले छठ व्रतको कथा सुन्छन् अनि सुनाउँछन् ।

यस पर्वमा यथासम्भव टुप्पोमा पात भएका चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन पनि छ ।

छठ पूजाका लागि अहिले जनकपुरसहित सारा मिथिलाञ्चल झकिझकाउ हुने गरी सिंगारिएको छ ।

श्रद्धालुहरूले जनकपुरधामको इतिहासमा वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, बिहारकुण्ड, रुक्मिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्ड लगायतका कुण्ड, पोखरी र तलाउमा छठ पर्व मनाउने गर्छन् ।

दिपावली तिहारको रौनक नसक्दै यहाँ छठ पर्वको तयारी सुरु हुन्छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकामना पूरा हुने विश्वासका साथ सूर्यको उपासना गरी यो पर्व मनाइन्छ ।

छठ पर्व सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न प्रेरित गर्ने चाड रहेको मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीको भनाइ छ ।

चारदिने छठ पर्वको पहिलो दिन मंगलबार व्रतालुले नहाखाय मनाए । यो दिन उनीहरूले नुहाएर चोखो बस्त्र धारण गरी प्याज र लसुन बिनाको अरबा चामल सेवन गरेका थिए ।

पहिलो दिन चतुर्थीलाई ‘अरबा–अरबाइन’ पनि भनिन्छ । यो दिनमा व्रतालुले खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाएका थिए ।

Page Views: 80
संबन्धित शिर्षकहरु
हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
देशकाे अधिकांश स्थानमा पानी पर्ने
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama