Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आकस्मिक पत्रकार सम्मेलन गर्दै

- shuvadmin / बुधबार, कार्तिक २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिउँसो २ बजे प्राधिकरण केन्द्रीय कार्यालय रत्नपार्कमा पत्रकार सम्मेलन घोषणा गर्ने भएका छन् ।

‘डेडिकेटड’ र ‘ट्रंक लाइन’ महसुल बक्यौता विवादमा सरकार र उद्योगीसँग लामो माथापच्ची चलिरहेका बेला आकस्मिक पत्रकार सम्मेलन गर्न लागेका ह्न् ।

गत आइतबारको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइन महसुल बक्यौता विवादमा विद्युत् आपूर्ति बन्द गरिएका ६१ उद्योगमा लाइन जोड्न निर्देशन दिएको थियो ।

त्यसपछि सोमबार ऊर्जा मन्त्रालयले प्राधिकरणलाई ती उद्योगमा लाइन जोड्न निर्देशक दिएको थियो ।

बक्यौता नउठाइ लाइन जोड्न नहुने अडानमा रहेको कार्यकारी निर्देशक घिसिङ मन्त्रिपरिषद् निर्णयबाट असमञ्जसमा थिए ।

लाइन काटिएका उद्योगमा पुनः बिजुली आपूर्ति गर्न मन्त्रिपरिषद् निर्णय नै आवश्यक पर्ने भनेका घिसिङ सोही बेहोराको निर्णय भएपछि असमञ्जसमा परेका थिए ।

तर, उनले बाध्य भएर हिजो रातिदेखि केही उद्योगमा विद्युत् आपूर्ति गरिसकेका छन् ।

डेडिकेटेड र ट्रंक लाइन महसुल बक्यौताबारे पूर्वन्यायाधीश गिरिशचन्द्र लाल संयोजकत्वमा गठित उच्चस्तरीय आयोगको प्रतिवेदन अनुसार ‘टीओडी’ मिटरका आधारमा बक्यौता असुल्नुपर्ने भनेपछि घिसिङ तनाव छन् ।

Page Views: 111
संबन्धित शिर्षकहरु
सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
आज देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
ताजा अपडेट
  • सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार
  • श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
  • आज देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama