Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

जापानको मात्सुमोतो नगरका प्रमुख नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ भ्रमणमा

- shuvadmin / बुधबार, कार्तिक २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपालको काठमाडौँ महानगरपालिका र जापानको मात्सुमोतो नगरबिचको भगिनी सम्बन्ध स्थापना भएको ३५ औँ वर्षको अवसरमा मात्सुमोतो नगरपालिकाका प्रमुख योशिनाओ गान नेतृत्वको प्रतिनिधि मण्डल नेपाल भ्रमणमा आएको छ ।

काठमाडौँको अवलोकन भ्रमणका लागि आएको प्रतिनिधि मण्डलको स्वागतमा काठमाण्डू, महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा दुवै नगर प्रमुखले नागरिक स्तरका कार्यक्रममा विस्तार भएको बताएका छन् ।

भेटका क्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले मित्रताको चिनो स्वरूप ढाका टोपी र देशे मरु झ्याः को प्रतिकृति उपहार स्वरूप प्रदान गरेका थिए ।

यस्तै, मात्सुमोतोका प्रमुख गानले, हस्तकलाबाट निर्मित सामग्री उपहार स्वरूप प्रदान गरेका थिए ।

भ्रमण टोलीका सदस्यहरूलाई महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले ढाका टापी, पस्मिनाको सल र वुद्ध प्रतिमा उपहार स्वरूप प्रदान गरे ।

मात्सुमोतोको प्रतिनिधि मण्डलमा मात्सुमोतो नगर परिषद्का अध्यक्ष युताका कामिझोसहित विभिन्न सङ्घसंस्थाका १९ जना प्रतिनिधि सहभागी छन् ।

स्वागत कार्यक्रममा मात्सुमोतो नगरका कर्मचारीहरुकातर्फबाट सङ्कलन गरिएको दुई लाख जापानी येन प्रमुख गानले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई हस्तान्तरण गरे ।

गएको असोज महिनामा काठमाडौँमा बाढी आएर जनजीवनमा प्रभाव पारेको खबर पाएपछि यस प्रकारको प्रकोपमा सहयोग गर्न रकम सङ्कलन भएको रकम भ्रमणका अवसरमा हस्तान्तरण गरिएको हो ।

स्वागत कार्यक्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा.सुमननरसिंह राजभण्डारीसहित पदाधिकारीहरू सहभागी थिए ।

प्रतिनिधि मण्डल मङ्गलबार काठमाडौँ आएको हो । आगमन अवसरमा प्रमुख गानलाई अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख बलराम त्रिपाठीसहित अधिकारीहरूले विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरे ।

मङ्गलबार नै टोलीले ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकन गरेको छ ।

बुधबार वसन्तपुर, स्वयम्भू र बौद्ध क्षेत्रको अवलोकन गर्ने, नयाँ बजारमा रहेको मल्टिपर्पोस मार्सल आर्ट सेन्टरको अवलोकन गर्ने तथा स्थानीय संघसंस्थाहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

बिहीबार भक्तपुरको अवलोकन गरेर टोली साँझ स्वदेश फर्कनेछ ।

काठमाडौँ र मात्सुमोतो नगरकाबिचमा सन् १९८९ नोभेम्बर १७ तारिखका दिन भगिनी सम्बन्ध स्थापना गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

सम्बन्ध स्थापना भएको १० औँ वर्षको अवसरमा दुवै नगरकातर्फबाट लगानी गरेर महानगरको वडा १६ नयाँ बजारमा बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र निर्माण गरियो ।

एक करोड २२ लाख ८६ हजार लागतमा निर्माण भएको केन्द्रका लागि जापान सरकार र मात्सुमोतो नगरकातर्फबाट ६६ लाख ६६ हजार ६६३ रुपियाँ सहयोग प्राप्त भएको थियो ।

२०५८ साल वैशाख १९ गते शिलान्यास भएको केन्द्र त्यसै वर्षको माघ ३ गते तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र जापानका पूर्वप्रधानमन्त्री रियोतारो हासिमोतोले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

केन्द्र ६ रोपनी ११ आना जग्गामा फैलिएको छ । २०७२ सालको भूकम्पले यसलाई आंशिक क्षति पुर्‍याएको थियो ।

२०७२ सालको भूकम्पले पुर्‍याएको क्षति व्यवस्थापन गर्न मात्सुमोतो नगरले एक करोड जापानी येन सहयोग गरेको थियो ।

त्यस रकममा जापानी जनताकोतर्फबाट सङ्कलन भएको ८० लाख येन र नगरकोतर्फबाट प्रदान गरिएको २० लाख येनबराबर हुन आउने रकम थियो ।

मल्टिपर्पोस मार्सल आर्ट सेन्टरमा जुडो एण्ड केन्दो प्रशिक्षण हुने गरेको छ ।

२०७६ सालमा मात्सुमोतो नगरका तात्कालीन प्रमुख केन्दो खेलमा प्रयोग हुने सिनाइ (बेतको विशेष खालको लौरो )६० थान र जुडो गि १० थान प्रदान गरेका थिए ।

Page Views: 72
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama