Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विवाह पञ्चमीका लागि अयोध्याबाट आउने जन्तीलाई कोसेली पठाइयो

- shuvadmin / आइतबार, मङि्सर ०२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जनकपुरधाम, रामजानकी विवाह पञ्चमी महामहोत्सवमा सहभागी हुनका लागि भारतको अयोध्याबाट आउने जन्तीलाई आमन्त्रणसहितको कोसेली आज पठाइएको छ ।

मधेसका मुख्यमन्त्री सतिशकुमार सिंह, जानकी मन्दिरका मूल महन्थ रामतपेश्वर दास वैष्ण तथा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले विश्व हिन्दू परिषद् धनुषाका अध्यक्ष सन्तोषकुमार साहलाई आमन्त्रणसहितको कोसेली जानकी मन्दिरको परिसरमा हस्तान्तरण गरेका छन् ।

यस पटक प्रदेश सरकारको अगुवाइमा अयोध्याबाट आउने जन्तीको स्वागत तथा सम्मान गरिने भएकाले मधेशका मुख्यमन्त्री सिंह आफै जाने भएका छन् ।

मुख्यमन्त्री सिंह आइतवार मात्र जाने भएपनि विश्व हिन्दू परिषद्का पदाधिकारीसहितका टोली भने कोसेलीसहित आजै प्रस्थान गरेको छ ।

आगामी मङ्सिर १६ गतेबाट सुरु हुने सप्ताहव्यापी श्री सीता राम विवाह पञ्चमी महामहोत्सव अन्तर्गत २१ गते शुभ विवाह रहेको छ ।

मङ्सिर १६ गतेबाट सुरु हुने विवाह पञ्चमी महामहोत्सव सुरु हुँदैछ ।

मिथिलाको परम्पराअनुसार शुभ विवाहभन्दा अगाडी बेहुलाको बेहुली पक्षबाट तिलक गर्ने चलन भएकाले तिलकका लागि आवश्यक कोसेलीसहित विश्व हिन्दू परिषद्का अगुवाइमा महिला तथा पुरूषहरू अयोध्याका लागि प्रस्थान गरेको हो ।

सो अवसरमा मुख्यमन्त्री सिंहले जनकपुरधाममा प्रत्येक वर्ष हुने सप्ताहव्यापी श्री सीता राम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित पार्नका लागि प्रदेश सरकारले आवश्यक काम गर्ने प्रतिबद्धता प्रकट गरेका थिए ।

जनकपुरधाममा प्रत्येक पाँच वर्षमा भारतको अयोध्याबाट विशेष रूपमा जन्ती आउने चलन अनुसार यस पटक पनि जन्ती आउने भएकाले आमन्त्रण सहितको कोसेली अयोध्यामा प्रदान गर्नका लागि विश्व हिन्दू परिषद्को अगुवाइमा २ सय ५१ जनाको टोली अयोध्याका लागि प्रस्थान गरेको छ ।

भगवान् सीता रामको विवाह महामहोत्सवमा सहभागी हुन पाँच सय आमन्त्रण पत्रसहित अयोध्याका लागि कोसेली तिलकका लागि आवश्यक पर्ने सामाग्री पठाइएको छ ।

मिथिलाको परम्पराअनुसार शुभ विवाहभन्दा अगाडी बेहुलाको बेहुली पक्षबाट तिलक गर्ने चलन भएकाले तिलकका लागि आवश्यक कोसेलीसहित विश्व हिन्दू परिषद्का अगुवाइमा महिला तथा पुरूषहरू अयोध्याका लागि प्रस्थान गरेको हो ।

सो अवसरमा मुख्यमन्त्री सिंहले जनकपुरधाममा प्रत्येक वर्ष हुने सप्ताहव्यापी श्री सीता राम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित पार्नका लागि प्रदेश सरकारले आवश्यक काम गर्ने प्रतिबद्धता प्रकट गरेका थिए ।

उनले विवाह पञ्चमी प्रदेशका सबैभन्दा ठूलो धार्मिक महोत्सव भएकाले यसलाई अझ बढी भव्यता दिनका लागि प्रदेश सरकारबाट चाहिने सबै प्रकारको सहयोग गरिने बताए ।

सिंहले यस प्रकारको कार्यक्रमले नेपाल भारतका साथै जनकपुरधाम र अयोध्या धामलाई थप नजिक ल्याउन मद्दत पुग्ने बताए ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले विश्व हिन्दू परिषद्ले तिलक पठाउने नयाँ कार्यक्रम सुरु गरेकोमा खुशी व्यक्त गरे ।

तिलक लिएर जाने समूह २ गते नै अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दू परिषद्का महासचिव राजेन्द्र सिंह पङ्कजको अगुवाइमा राम मन्दिर ट्रष्टका प्रमुख चम्पत रायलाई हस्तान्तरण गरिने छ ।

राम मन्दिर ट्रष्टका प्रमुख रायसहित अयोध्याबाट यस वर्ष ५ सयको सङ्ख्यामा साधु सन्त, महन्थ, योगी, सन्यासी, भिक्षु, साधवी, साहु महाजन तथा राजनीतिक दलका विशिष्ट व्यक्तिहरू जनकपुरधाममा आयोजना हुने विवाह पञ्चमीमा सहभागी हुन आउने कार्यक्रम छ ।

Page Views: 60
संबन्धित शिर्षकहरु
हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
देशकाे अधिकांश स्थानमा पानी पर्ने
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama