Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, भदौ २१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत नौकिलोमा ट्रक दुर्घटना, तीन जनाको मृत्यु

- shuvadmin / सोमबार, मङि्सर १०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

चितवन, नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना-६ स्थित नौकिलो भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

आइतबार साँझ ७ बजेतिर नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०-००१ ख ३४९० नम्बरको ट्रक नौकिलोमा सडक किनारमा पल्टिएको हो।

चामल बोकेको सो ट्रक पल्टिँदा दुई जनाको घटनास्थलमै र एक बालकको उपचारका क्रममा मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा मकवानपुरको मकवानपुरगढी गाउँपालिका-६ का ३८ वर्षका श्याम बजगाईं, सोही स्थानका ३१ वर्षका दीपक दाहाल र चितवनको कालिका नगरपालिका-३ बस्ने ८ वर्षीय आरम्भ पोखरेलको मृत्यु भएको हो।

घाइते आरम्भको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा सोमबार (आज) बिहान ५:३० बजेतिर मृत्यु भएको डीएसपी महतोले जानकारी दिए।

अन्य २ घाइतेको भने भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइते मकवानपुर हेटौँडा उपमहानगरपालिका-१८ का बलबहादुर कोइरालाको चितवन मेडिकल कलेज र रामेछापका मानबहादुर विकको एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा र मकवानपुरगढी गाउँपालिका-६ का २७ वर्षीय सुसन विकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

ट्रक चालक मकवानपुरगढी गाउँपालिका-६ का २८ वर्षीय दिनेश पुडासैनी इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

Page Views: 76
संबन्धित शिर्षकहरु
सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
आज देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
ताजा अपडेट
  • सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार
  • श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
  • आज देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama