Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चासोक तङ्नामको तयारीमा जुट्दै लिम्बू समुदाय

- shuvadmin / मङ्गलबार, मङि्सर ११, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

उर्लाबारी, मोरङको उर्लाबारीका लिम्बू समुदाय चासोङ तङनामको तयारीमा जुटेका छन् । प्रत्येक वर्षको धान्य पूर्णिमा दिन लिम्बू समुदायले न्वागी पर्वका रुपमा चासोक तङनाम मनाउने गर्छन् ।

चासोक पर्वका अवसरमा उर्लाबारी–९ स्थित आम्बारीमा मङ्सिर ३० गतेदेखि पुस ४ गतेसम्म ५ दिने बृहत् सांस्कृतिक कार्यक्रमसहित जातीय महोत्सवको आयोजना गर्न लागिएको किरात याक्थुम चुम्लुङ उर्लाबारीका अध्यक्ष बानु सुब्बाले बताए ।

खेती प्रणालीको विकासदेखि लिम्बू समुदायले चासोक तङ्नाम पर्व मनाउँदै आएका छन् । धान पाक्न थालेसँगै थक्याउने समयभरि यो चाड मनाइन्छ ।

चासोक तङनामका बेला थान थापेर प्रकृतिदेवीलाई पुकार्दै नयाँ अन्नबाली पुजिन्छ । सारमा, बाली उब्जाइदिने प्रकृति–जल, जमिन, वायु, अग्नि सूर्यलाई विशेषले पूजा अर्चना गरिन्छ ।

लिम्बूहरू चासोक तङनामलाई अन्नप्रतिको सम्मान गर्ने पर्वका रुपमा मान्ने गर्छन् । लिम्बू जातिले अन्नलाई एक प्रकारले माङ् ९देवता०नै मान्दै आएका छन् ।

पैँयु फुल्ने समय माछा, चरा दक्षिणतिर लाग्ने उँधौली याम र सूर्य दक्षिणायन हुने समयको संयोगमा चासोक तङ्नाम मनाउने गर्दछन् ।

लिम्बू भाषामा ‘चासोक’को अर्थ नयाँ पाकेको शुद्ध अन्न पवित्र मनले पुजेर तागेरानिङ्वाभुमाङ (प्रकृतिदेवी) लाई अर्पण गर्नु भन्ने हुन्छ ।

तागेरानिङ्वाभुमाङ जल, जमिन, वायु, अग्नि वा सूर्यका जन्मदाता मानिन्छ । ‘तङ्नाम’ले पर्व चार्ड अर्थात् उत्सव जनाउँछ ।

लिम्बूहरूको मुन्धुम अनुसार आदिम लिम्बू पुर्खा सावा येत्हाङले काँचो कन्दमूल खोजी खाने गर्दथ्यो । यसबाट उन्मुक्ति पाउन पुर्खाले तपस्या गरे ।

यसको सुनुवाइ गर्दै तागेरानिङ्वाभुमाङले मानिसलाई आगोसहित पारामा (कोदो जातको पाङ्दुर) , क्यावो (फापर) , फामु (कागुनी) लगायत बिज दिएको लिम्बू शास्त्रमा उल्लेख गरिएको छ ।

प्राप्त बीज सावा येत्हाङका चेली सिबेरा याक्थुङमा (लिम्बू महिला) ले संरक्षण गरेर कृषियुगको सुरुवात गरिन् ।

आगोले मानिस खाद्यान्न पकाएर खान अभ्यस्त भए। यसपछि मानिसले स्वास्थ्यवर्धक खाद्यान्न पाउन थाले ।

धान र कोदो पाकेपछि लिम्बू जातिले चासोक गर्नैपर्ने चलन छ । चासोक पूजा आआफ्नो घरमा फेदाङ्मा (लिम्बू पुरेत) बोलाई गर्ने गरिन्छ ।

फेदाङ्माले तागेर निङ्वाभुमाङलाई पुकार्दै नयाँ अन्न खान पाउने अनुमतिको माग गर्छन् । खाँदा, रोगव्याध नलागोस्, स्वस्थ जीवन जिउन पाइयोस् भन्ने कामना पनि गरिन्छ । फेरि पनि धेरै अन्न फलाउनमा

सहयोगको याचनासमेत गरिने गरिएको चासोक तङनामक सांस्कृतिक कार्यक्रम संयोजक प्रकाश कन्दङ्वाले बताए ।

चासोकका बेला कलात्मकरूपमा चिटिक्कको पुतली झलक दिने धानका बाला बुनिन्छ । यसलाई घरको पनि शोभा बढ्नेगरी ढोका छेउमा झुन्ड्याइन्छ ।

यसरी आफूहरूको पहिचानसहितको सभ्यता बोक्ने चासोक तङ्नाम लिम्बू जातिले आफ्नो मौलिकताको मुख्य चाड लिने गर्दछ। ‘चासोक तङ्नाम’ विभिन्न धार्मिक, ऐतिहासिक, सांस्कृतिक स्थलमा आयोजना गरिन्छ ।

प्रकृतिपूजक पूर्वका बहुल लिम्बू जातिको प्रकृति नै पुज्ने संस्कृति हो-चासोक तङ्नाम । यो संस्कृति लिम्बू समुदायले अपनाएको खेती प्रणालीको विकासदेखि मनाउँदै आएका हुन्।

धान पाक्न थालेसँगै थक्याउने समयभरि यो चाड मनाइन्छ । मङ्सिर पूर्णिमाको दिन यसलाई सामूहिक रूपमा मनाउने चलन छ ।

यो समय पूर्वेली लिम्बू बस्ती चासोक तङ्नाममय बन्छ। विशेष गरी राई, लिम्वू, सुनुवार र याक्खा जातिले मङ्सिरे पूर्णिमाका दिनमा नया अन्न आफ्ना दिवंगत पुर्खा र आ–आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा गर्ने चलन छ।

चासोकमा फुटबल, छेलोलगायत विभिन्न प्रतियोगिता हुने खेल संयोजक राजन काम्बाङ्ले बताए ।

चासोकलाई भव्य र सभ्य बनाउन व्यापक तयारी गरिएको प्रचारप्रसार संयोजक विजय आङबुहाङ बताउँछन् ।

उनले भने, यस वर्ष राके मेलालाई बिर्साउने गरी हामी तयारी गरिरहेका छौं ।

Page Views: 71
संबन्धित शिर्षकहरु
देशकाे अधिकांश स्थानमा वर्षा हुने
आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
ताजा अपडेट
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama