Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पालिका प्रमुखले आफूनिकटलाई लैजान खोज्दा देशभरका २ सय ३५ स्थानीय तह निमित्तको भरमा

- shuvadmin / शुक्रबार, मङि्सर १४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, देशभरका ७ सय ५३ वटा स्थानीय तहमध्ये अझै २ सय ३५ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीनको अवस्थामा छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कलैया, धरान, धनगढी, इटहरी, जनकपुर, हेटौँडा, बुटवल, नेपालगञ्ज उपमहानगरपालिकामध्ये इटहरीबाहेक अन्य सबैमा प्रमुख प्रशासकीय अधिकृत निमित्तको भरमा रहेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृत रिक्त नराख्ने नीति लिए पनि ठूलो संख्यामा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहँदा मन्त्रालयको सो नीति असफल भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक कामका साथै सेवा प्रवाहमा गम्भीर असर परेको छ।

प्रमुख प्रशासकीय अधिकृत नभएका ठाउँमा निमित्तले कामकाज गरिरहेका छन् जसका कारण ती स्थानीय तहको कामकारवाही प्रभावकारी बन्न सकेका छैनन् ।

विशेष गरी विकट र दुर्गम स्थानीय तहमा कोही पनि जान नमान्ने तथा कतिपय स्थानीय तहमा जनप्रतिनिधिहरूले गलत काम गर्न दबाब दिने भएकाले पनि प्रमुख प्रशासकीय अधिकृतहरू फसिने डरले जान नमान्दा खटनपटनमा समस्या भइरहेको मन्त्रालयका अधिकारीहरूको भनाइ छ।

नागरिकको घर नजिकको सरकार भनेर चिनिने सरकार सञ्चालन प्रभावकारी नहुँदा संघीयता कार्यान्वयमा समेत समस्या देखिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले कर्मचारीको अभाव भइरहेको र नयाँ पदपूर्तिका लागि विज्ञापन भएर आउने क्रम जारी रहेको हुँदा विस्तारै प्रमुख प्रशासकीय अधिकृत पूर्ति हुने बताए ।

यद्यपि, मन्त्रालयले कर्मचारी सरुवासम्बन्धी मापदण्ड बनाउन नसक्दा र विभिन्न जनप्रतिनिधिहरूको अनावश्यक दबाबका कारण स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउँदा मन्त्रालयले विभिन्न समस्याहरू भोग्नुपरिरहेको छ।

कतिपय जनप्रतिनिधिहरूले व्यक्ति विशेषलाई नै पठाउनुपर्ने अडान लिने गर्दा पनि समस्या परिरहेको छ ।

विशेषतस् तराईका जिल्लाहरूमा प्रमुख प्रशासकीय अधिकृत जान नमान्दा पनि स्थानीय तह निमित्तको भरमा चलिरहेको बताइएको छ ।

मन्त्रालय स्रोतका अनुसार तराईका जिल्लाहरूमा भ्रष्टाचार व्याप्त हुने र जसका कारण प्रमुख प्रशासकीय अधिकृतले सुरक्षित महसुस गर्न सकेका छैनन् ।

तराईका जिल्लामा राजनीतिक दलको गुट उपगुठ हुने र प्रमुख प्रशासकीय अधिकृतले गलत तरिकाबाट भएका कामको जिम्मा लिएर कागजातमा हस्ताक्षर गर्नुपर्ने बाध्यताका कारण इमान्दार प्रमुख प्रशासकीय अधिकृत तराईका जिल्लाका स्थानीय तहमा जान नमान्ने प्रवृत्तिका कारण पनि कतिपय स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बन्न पुगेका हुन्।

प्रवक्ता पराजुलीले कतिपय पालिकामा प्रमुखले भनेको ठाउँमा सही नगर्ने प्रमुख प्रशासकीय अधिकृतलाई फर्काउने, तथा कर्मचारीहरू आफैं पनि अपाएक परेको ठाउँमा नजानेजस्ता समस्या रहेको बताए ।

उनले २० प्रतिशत कर्मचारी काम गर्ने वातावरण नभएर पठाएको ठाउँमा जान नसकेको बताए ।

केही दिनअघि जीतपुर सिमरा उपमहानगरपालिकाका मेयरले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिई फिर्ता पठाएका थिए ।

विभिन्न समस्याका बाबजुद मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त दर घटाउँदै लाने बताए पनि जहिल्यै असफल हुने गरेको छ ।

कानूनअनुसार स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रशासन सेवाकै कर्मचारी राख्नुपर्छ तर कतिपय स्थानीय तहले नियमविपरीत शिक्षा, कृषि, स्वास्थ्य, भेटेनरी, महिला विकासलगायतका कर्मचारीहरू राखिरहेका छन् । जसले गर्दा कममा बाधा पर्ने गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवाप्रवाह, विकास निर्माणलगायत काममा प्रत्यक्ष असर पर्ने गरेको छ ।

मधेस र दुर्गमका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत जान सकेका छैनन् । स्थानीय तहका प्रमुखले रोजी–रोजी प्रमुख प्रशासकीय अधिकृत लैजाने समस्या मधेस प्रदेशमा बढी देखिएको छ ।

Page Views: 54
संबन्धित शिर्षकहरु
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
देशकाे अधिकांश स्थानमा वर्षा हुने
आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
ताजा अपडेट
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama