Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विवाह पञ्चमीको अवसरमा मिथिलामा भगवान श्रीराम र सीताबीच विवाह हुने

- shuvadmin / शुक्रबार, मङि्सर २१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जनकपुर, त्रेतायुगमा आजकै दिन (मंसिर शुक्ल पंचमीको तिथि) मा भगवान श्रीराम र माता सीताबीच विवाह भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

सोही ऐतिहासिक परम्परालाई जीवन्त राख्न जनकपुरधामस्थित जानकी मन्दिरमा भगवान श्रीराम र सीताबीच सांकेतिक विवाह गराइन्छ ।

जानकी मन्दिरले हरेक वर्ष जस्तै यसवर्ष पनि साताव्यापी विवाह पञ्चमी महोत्सव आयोजना गरेको छ ।

जानकी मन्दिर दुलहीझैं सिंगारिएको छ । भगवान श्रीरामको विवाहमा सहभागी हुन गाउँ गाउँबाट आएका श्रद्धालु र साधुसन्तले जनकपुरधाम भरिभराउ छ ।

महोत्सवको मुख्यदिन आज भगवान श्रीराम र माता सीताको रंगभूमि मैदानमा स्वयंबर गरिनेछ ।

राति हजारौं श्रद्धालुहरूको उपस्थितिमा जानकी मन्दिरमा विवाह (मालाफेर र सिन्दुरदान) समारोह हुने छोटा महन्त रामरोषण दास बैणव’ले जानकारी दिए ।

आज राम मन्दिरबाट श्रीरामको डोला बाजागाजाका साथ नगर परिक्रमा गर्दै रंगभूमि मैदानमा पुर्याइन्छ । साथै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डप पनि त्यहाँ लगिन्छ ।

रंगभूमि मैदानमा श्रीरामको डोलालाई जानकी मन्दिरबाट लगिएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामलाई पुष्पहार अर्पण र श्रीरामको डोलीबाट महन्तले जानकीलाई माला लगाई आरती पूजन गरिन्छ । यो विधिलाई नै स्वयम्बर भएको मानिन्छ ।

भगवान श्रीराम र सीताको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहने गरेको विश्वास गरिन्छ । त्यसैले भगवान श्रीरामको स्वयंवर विधि हेर्न लाखौं श्रद्धालु र साधुसन्त उर्लिन्छ ।

स्वयंवर सकेपछि श्रद्धालु, साधुसन्त र अयोध्याबाट आएका जन्तीको लावालस्करसहित राममन्दिरको मण्डप जानकी मन्दिर पुर्‍याइन्छ ।

त्यहाँ आरती पूजन गरी राममन्दिर फर्कने गर्दछ । आजै राति मिथिला परम्पराअनुसार भगवान श्रीराम र माता जानकीको वैवाहिक कार्यक्रम हुनेछ ।

विवाह समारोहमा वर र वधु पक्षका साधुसन्त आपसमा हाँसो ठट्टा समेत गर्छन् । महिलाहरु लोकगित मार्फत् अयोध्याबाट आएका जन्तीलाई गाली गर्छन् । वैवाहिक माहोल र श्रद्धालुको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ।

यसअघि पहिलो दिन जानकी मन्दिर परिसरमा ‘नगर दर्शन’ कार्यक्रमसहित सुरु भएको महोत्सवको दोस्रो दिन फूलबारी लीला भयो ।

तेस्रो दिन ‘धनुष यज्ञ’, पाँचौं दिन तिलकोत्सव र छैठौं दिन मटकोर सम्पन्न गरिएको थियो ।

जनकपुरधाममा जस्तै अन्य कैयौं ठाउँमा पनि हिन्दू धर्मावलम्बी तथा साधुसन्तहरु विवाह पञ्चमी मनाउँदै आएका छन् ।

सिरहा सदरमुकामस्थित राम मन्दिरमा पनि विधिपूर्वक भगवान श्रीराम र सीताबीच सांकेतिक विवाह गराइन्छ ।

Page Views: 54
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama